विवेकशील साझाको अग्निपरीक्षा

शुक्रबार, २८ पुष २०७४, १० : ०२ मिलन पाण्डे  | @Milanleads


दोस्रो विश्वयुद्ध चल्दै थियो । अमेरिकी कम्पनी ‘कोकाकोला’लाई जर्मनीमा काम गर्न निकै गाह्रो हुँदै गयो । बिस्तारै कोकाकोला कम्पनीलाई कच्चा पदार्थको कमी हुन थाल्यो । अन्य धेरै कम्पनीहरू धमाधम बन्द हुँदै थिए । कोकाकोलाको कच्चा पदार्थ त्यति बेला बाहिरबाट ल्याउन सम्भव थिएन । कम्पनीले जर्मनीमा के छ भनेर खोज्यो । त्यति बेला जर्मनीमा सुन्तला पाइन्थ्यो । कम्पनीले त्यही प्रयोग गरेर नयाँ पेय पदार्थ बनाए जसको नाम थियो, ‘फ्यान्टा’ । तत्कालीन अवस्थामा कम्पनीले टिक्ने रणनीति लियो जसले गर्दा उसलाई नयाँ कुराको आविष्कार गरायो र सफलसमेत बनायो । कम्पनीमा होस् वा राजनीति, सफलताको राज नै जनभावनालाई प्रतिनिधित्व गर्दै निरन्तर अघि बढ्नु हो।

एकीकरणको चार महिनामै निर्वाचनमा ‘यस पटक राष्ट्रिय पार्टी, अर्को पटक देशको नेतृत्व’ नारासहित राष्ट्रिय पार्टी बन्ने उद्देश्य बोकेर मैदानमा उत्रिएको विवेकशील साझा पार्टी आफ्नो लक्ष्यबाट थोरैले चुकेको छ । प्रत्यक्षमा एउटा सिट जित्नुपर्नेमा सबैले आशा गरेको काठमाडौँ क्षेत्र नं १ मा रवीन्द्र मिश्र झिनो ८१८ मतले पछाडि परे भने समानुपातिकमा समेत २.२ प्रतिशत मात्र ल्यायो । तर पनि झन्डै सयवटा पार्टीहरूसँग पहिलो चोटि निर्वाचन लडेर पनि यति छोटो समयमा राष्ट्रिय पार्टीको यति नजिक पुग्नुलाई असफलता मान्न सकिँदैन । प्रदेश ३ मा चौथो ठूलो पार्टीका रूपमा तीन जना सांसदसहित प्रतिनिधित्व गर्दै छन् । यो विवेकशील साझा पार्टीको सफलता नै हो।

विवेकशील साझा पार्टीका एकजना उम्मेदवार घरदैलोमा जाँदा एकजना मतदाताले ‘तपार्इंलाई छोरी दिन सक्छु, भोट दिन सक्दिनँ’ भन्नुभएको रहेछ । नेपाली समाजको एउटा ठूलो हिस्सा ‘राजनैतिक मायाजाल’मा फसेको छ । 

विवेकशील साझा पार्टीको उदयको पृष्ठभूमि आफैँमा पृथक् छ । नेपालको राजनीति हेर्ने हो भने अधिकांश पार्टी अनि नेता आन्दोलनले नै जन्माएको छ र अधिकांश पार्टीहरू नेपाली भूमिभन्दा बाहिर जन्मिएका थिए । विचार अनि सिद्धान्त पनि आयातित नै छ । विवेकशील साझाको उदय आन्दोलनले गरेको होइन । नेपाली भूमिमै मौलिक विचार बोकेर पार्टी निर्माण भएको हो । छोटो समयमा विवेकशील साझा जसरी लोकप्रिय बनेको छ अनि स्थापित भएको छ यसले राजनैतिक दलको स्थापनामा नयाँ आयाम थपेको छ।

नेपाली मतदाताले विवेकशील साझालाई ‘पर्ख अनि हेर’को अवस्थामा राखेका छन् । विवेकशील साझा पार्टी अहिले राष्ट्रिय दलपछिको एक नम्बरमा छ । विवेकशील साझा पार्टी छैटौँ हुनु तर राष्ट्रिय पार्टी नबन्नुका कारण निम्नलिखित हुन सक्छन् :

१) संगठनको अभाव

विवेकशील साझा पार्टी एकीकरणको चार महिनामै चुनावमा होमिनुप¥यो । विवेकशील साझाको स्थानीय एकाइ थिएनन् । जसले गर्दा उम्मेदवारहरूले सन्देश अनि आफ्ना कुराहरू प्रभावकारी रूपमा सञ्चार गर्न सकेनन् । आम नागरिकसँग निरन्तर संवाद गर्न सकेनन्, आज एउटा ठाउँमा कार्यक्रम ग¥यो, भोलि त्यहाँ कार्यक्रम गर्न कार्यकर्ता हुँदैन थिए । तसर्थ, कार्यकर्ता परिचालनमा सशक्त भूमिका खेल्न नसक्दा विवेकशील साझा पार्टी मतदातासँग जोडिइरहन सकेन ।

२) ध्रुवीकरणको लहर

विवेकशील साझा पार्टीले छोटो समयमा निकै ठूलो तरंग पैदा ग¥यो । तर, वाम गठबन्धनले जुन लहर सिर्जना ग¥यो, त्यो विवेकशील साझाको भन्दा ठूलो लहर बनिदियो । साथै, धु्रवीकरणले वाम गठबन्धनका नेताहरूलाई मात्र होइन, कांग्रेसका स्थानीय नेताहरूलाई अनि लोकतान्त्रिक चलायमान मतदाताहरूसमेत कांग्रेसको साख अनि लोकतन्त्र बचाउने भावसहित एक ठाउँमा ल्याएको थियो ।

३) एजेन्डामा अस्पष्टता

विवेकशील साझा पार्टी गठन भएको छोटो समयमा नै निर्वाचनमा सहभागी हुनुपर्ने भएकाले पनि आफ्ना नीतिहरूमा आवश्यक पर्ने प्रस्टता हासिल गर्न सकेको थिएन । धेरै स्पष्ट भएका कुराहरू पनि आम नागरिकसम्म पुगिसकेको थिएन । सदस्यहरूलाई पनि प्रशिक्षण गर्न भ्याएको थिएन । त्यसैले मतदाताले बुझ्न अलि गाह्रो भयो जसले गर्दा नीतिगत विश्वसनीयता भएन । मतदाताले पार्टीलाई सत्तासँग जोडेर हेर्छन्, विवेकशील साझाको उद्देश्य नै यसपटक राष्ट्रिय पार्टी बन्ने भनिएकाले, विकास अनि समृद्धिमा विवेकशील साझाको भूमिका देखेनन् । मतदाताले आफूलाई विवेकशीलको जितपछि सत्तासँग जोड्ने बाटो देखेनन् ।

४) रणनैतिक कमजोरी

विवेकशील साझाले वाम लहरलाई चिर्ने रणनीति बनाउन सकेन । आफ्नो राजनैतिक ‘पोजिसन’ स्पष्ट पार्न सकेन । निर्वाचनमा साम, दाम, दण्ड, भेद सबै प्रयोग भइरहँदा विवेकशील साझाका उम्मेदवारले त्यसलाई चिर्न सकेनन् । धेरै शिक्षित मतदाताहरूले पनि आफ्नो स्वार्थ भनाँै वा बाध्यताको कारणले पनि आफ्नो सत्ताधारी संगठन छाड्न सकेनन् । विवेकशील साझाले अन्य दलका नेता अनि कार्यकर्तालाई आफूतिर तान्न सकेन । उम्मेदवार उठेको जिल्लाबाहेक अन्य जिल्लामा तरंग ल्याउन नसक्दा पनि समानुपातिकको तीन प्रतिशत आएन ।

अबको बाटो

विवेकशील साझा पार्टीका एकजना उम्मेदवार घर दैलोमा जाँदा एकजना मतदाताले ‘तपार्इंलाई छोरी दिन सक्छु, भोट दिन सक्दिनँ’ भन्नुभएको रहेछ । यो भनाइले पनि हाम्रो समाजमा राजनीतिको रंग कति गाढा छ भन्ने देखिन्छ । नेपाली समाजको एउटा ठूलो हिस्सा ‘राजनैतिक मायाजाल’मा फसेको छ । जसले आफ्नो पार्टी अनि आफ्ना लागि केही गरिदिने नेताबाहेक केही सोच्न सकेको छैन । अब विवेकशील साझाले यो मायाजाल तोड्दै सही अनि गलत छुट्याउन सक्ने विवेकशील नागरिक बनाउन जरुरी छ । नयाँ आउँदै गरेका मतादाताहरू माझ जान जरुरी छ । राजनीतिबाट टाढा रहेको एउटा जमातलाई मतदानको दिन बुथसम्म आउने बनाउन जरुरी छ । नयाँ पुस्तामा झन् बढी आफ्ना मुद्दाहरू स्थापित गराउन जरुरी छ।

विवेकशील साझा पार्टीले अब ३ वटा पक्ष नीति, नेतृत्व अनि संगठन विस्तारमा दिनरात खट्नैपर्छ । विवेकशील साझा पार्टीले अबको पाँच वर्ष स्पष्ट नीतिसहित संगठन विस्तारमा गएर आफ्ना विचारहरू गाउँ–गाउँमा पु¥याउन जरुरी छ । विवेकशील साझाले समाजमा रहेका क्षमतावान व्यक्तिहरूको पहिचान गरेर अनि अन्य पार्टीमा रहेका सक्षम व्यक्तिहरूलाई एक ठाउँमा ल्याएर सक्षम नेतृत्वको टोली बनाउन जरुरी छ । त्यो टोलीले पाँच वर्ष जनताको मुद्दा बोकेर जनताको सुख दुःखमा साथ दिनैपर्छ । अब पार्टी नेतृत्वले युवा, विद्यार्थी, महिला, मजदुर आदि माझ विवेकशील साझालाई रचनात्मक तवरबाट पुर्‍याउन जरुरी छ ।

अब विवेकशील साझाले माइतीघरमा गएर विरोध गरेर वा डाक्टर केसीको मुद्दालाई मात्र समर्थन गरेर वा सामाजिक अभियान चलाएर मात्रै राजनीति अघि बढ्नेवाला छैन । अब संगठनलाई यो निर्वाचन पछि अर्को तहमा लानैपर्छ । जनताले विवेकशील साझाको सुसंस्कृत राजनीति गर्ने प्रयासलाई सकारात्मक ठानेका छन् तर सत्ताको चाबी सुम्पनुअघि विवेकशील साझालाई अबको पाँच वर्ष परीक्षण गर्दैछन् । यो पाँच वर्ष विवेकशील साझाले सडकको प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्नुपर्छ । नीतिगत तहमा वैचारिक हस्तक्षेप गर्न सक्नुपर्छ । खोलाको ढुंगाले माथि हिमालबाट हण्डर खाँदै आएपछि मात्रै बाटुलो बन्ने हो । अब विवेकशील साझाले पनि केही वर्ष संघर्ष गर्नैपर्छ र जनपरीक्षामा खरो उत्रनैपर्छ ।

‘प्रिफ्याब’को घर छिटो त हुन्छ तर जग हालेर बनाएको घर जति बलियो हुँदैन । यो निर्वाचनको परिणामले विवेकशील साझा पार्टीलाई जग हाल्ने मौका दिएको छ । हामीले बिर्सन नहुने कुरा भनेको यसपालि पार्टी भलै राष्ट्रिय पार्टी बन्न सकेन तर विवेकशील साझाले बोकेको सुशासन अनि विकास, समृद्धि जस्ता मुद्दा राष्ट्रिय मुद्दा बनेका छन्।

अन्त्यमा,

इजराइलमा करिब ३ प्रतिशत मात्र मानिस कृषिमा संलग्न छन् तर पनि त्यहाँको ९५ प्रतिशत कृषिको माग धानेका छन्। कृषिप्रधान देश नेपालमा करिब ६५ प्रतिशत नेपाली कृषिमा छन् तर पनि प्रतिवर्ष ३० अर्बको चामल अनि १० अर्बको तरकारी आयात गर्नुपरेको छ । नेपाल संसारमा भ्रष्टाचारमा १३१ औँ स्थानमा झरेको छ । बुद्ध जन्मिएको देश शान्तिको मामिलामा ९३ औँ स्थानमा पर्छ । लोकतान्त्रिक मुलुकहरूमध्ये हामी १०२ औँ स्थानमा छौँ । नेपाल आधा संसारभन्दा पछाडि छ । अबको राजनीतिसँग नेपालको यो तथ्यलाई बदल्न सक्ने खाका हुन जरुरी छ । नेपालमा बढ्दै गएको गरिबी र विदेश पलायतको गतिको पीडालाई बुझेर जसले नेतृत्व गर्छ त्यसलाई आम नागरिकले सत्ता अनि देशको चाबी सुम्पनेवाला छन् । यदि विवेकशील साझा पार्टीले यी मुद्दामा आम नागरिकलाई प्रतिनिधित्व गर्न सक्छ भने उसलाई नेतृत्वमा पुग्न कसैले रोक्न सक्दैन ।

यो चरम ध्रुवीकरणको बेलामा पनि विवेकशील साझा पार्टी यसरी राष्ट्रिय दलको नजिक पुग्नु भनेको आफैँमा ठूलो राजनैतिक सफलता हो । अंग्रेजीमा एउटा भनाइ छ, ‘ब्लेसिंग इन डिसगाइज’ अर्थात् राम्रोको लागि नराम्रो हुनु । पाँच वर्षपछि विवेकशील साझाको यो परिणामलाई सुखद् बनाउन विवेकशील साझाले झन् मेहनत गर्नुपर्छ । अहिलेको आधा जित यदि गाउँ–गाउँ छिरेर काम गर्ने हो भने पूरा जितमा परिणत हुनेछ । त्यसका लागि अर्को निर्वाचनको तयारी आजैबाट थाल्नुको विकल्प छैन ।

(केन्द्रीय सदस्य, विवेकशील साझा पार्टी)






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

पारिजातलाई सम्झँदा (भिडियो)

नेपाली साहित्यमा पारिजातको नाम उच्चस्थानमा छ। विस १९९४ बैशाखमा दार्जिलिङमा जन्मिएकी पारिजातको 'सिरिसको फूल' चर्चित उपन्यास हो। बुधबार उनको २४...

पूजा हेगडेको चर्चा

पूजा हेगडेको चर्चा

बलिउडकी अभिनेत्री पूजा हेगडे पुनः एक पटक चर्चामा छिन् । ‘बाहुबली’ सुपरस्टार प्रभासको आगामी फिल्मकी नायिका हुने घोषणासँगै हेडलाइनमा छाएकी...

मनोज गजुरेल फिल्ममा

मनोज गजुरेल फिल्ममा

पछिल्लो वर्षमा कमेडी कलाकार अभिनित फिल्मले बक्स अफिसमा उत्कृष्ट व्यापार गर्न थालेपछि फिल्म निर्माताहरू कमेडी कलाकारलाई लिएर धमाधम फिल्म बनाउन...

युवराजको ‘देउरालीको फूल’

गीतकार युवराज अधिकारीको पहिलो गीति संग्रह ‘देउरालीको फूल’ बजारमा आएको छ । साहित्यमा पनि सक्रिय गीतकार अधिकारीको गीति संग्रहमा ६...

Fixed Ad