७ वैशाख २०८१ शुक्रबार
प्रवास

फिनल्याण्डमा नेपालीको मृत्यु

हेल्सिन्की— फिनल्यान्डमा एक नेपाली युवकको मृत्यु भएको छ। उनको शवलाई नेपाल पठाउन गैर आवासीय नेपाली संघ (एनआरएन) फिनल्यान्डले काम गरिरहेको छ।

खोटाङ रतन्छा घर भएका दीपक राईको मृत्यु एक महिना अघि नै भएको थियो। फिनल्यान्ड हुँदै नर्वे जाने क्रममा उनको मृत्यु भएको थियो। एनआरएन फिनल्यान्डले उनको शव नेपाल पठाउन पहल गरेको छ। त्यसका लागि फिनल्याण्डबासी नेपालीहरुले रकम संकलन गरेका छन्।

एनआरएन फिनल्याण्डका अध्यक्ष बालकृष्ण श्रेष्ठका अनुसार एनआरएनले संस्थागत रुपमा १ हजार १ युरो, फिनिस नेपाली समाजले ७ सय ८८ युरो र नेपाली समुदायबाट २ हजार ६१ युरो संकलन भएको छ। नेपाली समुदायले आफैँ कूल ३ हजार ८ सय ५० युरो संकलन गर्न सक्दा शव नेपाल पठाउन सम्भव हुने भएको हो।

प्रकाशित: २६ श्रावण २०७३ ०९:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App