६ वैशाख २०८१ बिहीबार
राजनीति

न्यूनतम् पारिश्रमिकको अध्यक्षमा पत्रकार पराजुली

काठमाडौँ (रासस)- सरकारले न्यूनतम् पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा पत्रकार गंगाधर पराजुलीलाई नियुक्त गरेको छ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले पत्रकार पराजुलीलाई समितिको अध्यक्षमा दुई वर्षका लागि नियुक्त गरेको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ।

समितिको रिक्त अध्यक्ष पदका लागि मन्त्रालयले यसअघि खुला आवेदन गरेको र सो पदमा आठ जनाको आवेदन परेको थियो । आवेदकमध्येबाट कार्ययोजना र प्रस्तुतीकरणपछि अन्तिम छनौटमा परेका पत्रकार पराजुलीलाई सरकारले समितिको अध्यक्षमा नियुक्त गरेको हो।

विगत २५ वर्षदेखि निरन्तर पत्रकारितामा सक्रिय पराजुलीले व्यवस्थापन विषयमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन्।

पोखरा निवासी उनी यसअघि राष्ट्रिय समाचार समिति (रासस) का सञ्चालक समिति सदस्य थिए।

प्रकाशित: २८ पुस २०७४ १२:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App