१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

खप्तड गोल्डकपमा आर्मी र मनाङ भिड्दै

कैलाली – कैलालीको धनगढीमा जारी नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलमा प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज ए डिभिजनका २ सफल टोली त्रिभुवन आर्मी र मनाङ मस्र्याङ्दी भिड्दै छन ।  

खेल धनगढी रंगशालामा दिउँसो साढे २ बजे पछी सुरु हुँनेछ । क्वाटरफाइनल खेलमा थ्रिस्टारलाई हराउँदै आर्मी र रुपन्देही ११ लाई हराउदै मनाङ सेमिफाइनलमा प्रवेश गरेका थिए । 

आर्मीमा नवयुग श्रेष्ठ, भरत खवास, विकेश कुथु, सुमन अर्याल लगायतका खेलाडी रहेका छन भने मनाङमा अनिल गुरुङ, बिराज महर्जन सुजल श्रेष्ठ, बिशाल राई र बिमल रानाजस्ता स्टार खेलाडी रहेकाले आजको खेल निकै प्रतिस्पधी र रोमाञ्चक हुँने अनुमान गरिएको छ ।  

आर्मीले यस सिजन मोफसलका ३ उपाधी उचालेको छ भने मनाङले २  वटा उपाधी आफ्नो पक्षमा पारेको छ । 

अघिल्लो महिना झापामा आयोजना भएका २ ठुला नकआउट फुटबल प्रतियोगिता काकरभिट्टा गोल्डकप र सताक्षी गोल्डकपमा भिड्दा आर्मीले मनाङलाई पराजित गर्दै उपाधि उचालेको थियो भने त्यसको केहि समयपछि सुनसरीमा आयोजना भएको दुहवी गोल्डकपमा भने मनाङले आर्मीलाइ हराउदै उपाधि जितेको थियो । 

आर्मीले २०७४ सालको पहिलो उपाधि भने वैशाखमा वीरगन्जमा आयोजित विशाल स्मृति गोल्डकप जितेको थियो । मनाङले भने सिजनको पहिलो उपाधि भदौंमा जेसिज कप जितेको थियो । 

मनाङले लगातार दुई दिनमा दुई खेल खेल्न लागेको हो । रुपन्देही ११ लाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको अर्को दिन आज खेल तालिका अनुसार मनाङले सेमिफाइनल खेल खेल्न लागेको हो । 

१२ ओटा टिमको सहभागिता रहेकोे प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

 

प्रकाशित: २९ पुस २०७४ ०५:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App