८ वैशाख २०८१ शनिबार
राजनीति

सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय

 काठमाडौं– आगामी माघ २४ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि शनिबार सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन्। 

उच्च अदालत रहेका सम्बन्धित जिल्लाका सात प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको निर्वाचन आयोगले जनाएको छ। 

प्रदेश राजधानी भइनसकेकाले उच्च अदालतलाई आधार मानी सम्बन्धित  जिल्ला सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका हुन्। 

प्रदेश नम्बर १ मा मोरङ, प्रदेश नम्बर २ मा धनुषा, प्रदेश नम्बर ३ मा ललितपुर, प्रदेश नम्बर ४ मा कास्की, प्रदेश नम्बर ५ मा दाङ, प्रदेश नम्बर ६ मा सुर्खेत र प्रदेश नम्बर ७ मा डोटी जिल्लाको सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको आयोगले जनाएको छ। 

न्याय परिषद् सचिवालयबाट दिइएको नामावलीबमोजिम सात जना जिल्ला न्यायाधीशलाई आयोगले पुस २७ देखि लागू हुने गरी निर्वाचन अधिकृतको पदमा नियुक्ति गरिसकेको छ । 

प्रकाशित: ३० पुस २०७४ ०२:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App