coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मिनीट्रक दुर्घटनामा दुईको मृत्यु

चौतारा – सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नपा– ५ चौतारामा गएराति मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा लिसंखु पाखर गाउँपालिका– ७ ठूलो पाखर निवासी चालक ३१ वर्षीय शशिकुमार लामा र सनाखत हुन नसकेका अर्का एक पुरुष रहेका छन्।

लामाको घटनास्थलमा र अर्का पुरुषको उपचारका क्रममा जिल्ला अस्पताल चौतारामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विमल कँडेलले जानकारी दिए। 

भूकम्पपीडितको घर निर्माणका लागि गिटी बोकेर सोही नपाको वडा नं ६ गिदानेतर्फ गइरहेको बा४ख २९६० नंको मिनीट्रक गएराति करिब १२ बजे सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित: ३० पुस २०७४ ०५:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App