७ वैशाख २०८१ शुक्रबार
अन्तर्वार्ता

प्रदेश प्रमुख तोकेकोमा कुनै आपत्ति छैन: नेम्वाङ

काठमाडौं– नेकपा एमालेका नेता सुवास नेम्वाङले प्रदेश प्रमुख र प्रदेश अस्थायी राजधानी तोक्ने निर्णय यही सरकारको नियमित काम भएकाले निर्णयमा कुनै आपत्ति नभएको बताएका छन् ।

रेडियो नागरिकसँगको कुराकानीमा नेम्वाङले राष्ट्रपतिले कुनै निर्णय नलिँदासम्म यो सरकारले तोकेका प्रदेश प्रमुख नै रहिरहने बताए । 

नेम्बाङले यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेको जस्तो यो सरकारले तोकेका प्रदेश प्रमुखबाट आफ्ना सांसदहरुले सपथ नखाने अवस्था अहिलेको महत्वपूर्ण प्रष्न नभएको बताए ।

उनले अब बस्ने वाम गठबन्धनको कार्यदल बैठकले मुख्यमन्त्रीबारे टुंगो लगाउने जानकारी दिए । यसअघि बुधवार बसेको कार्यदल बैठकले राष्ट्रियसभा निर्वाचनका लागि एमाले र माओवादीमा सिट बाँडफाँट गरेको थियो।

अन्तर्वार्ता सुन्न तलको लि‌ंकमा क्लिक गर्नुहोस् ।

प्रकाशित: ४ माघ २०७४ ०९:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App