coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सुरक्षाबाट सोखतिर

पोखरा– आफ्नो र पराइ छुट्याउने खुबी । मालिकप्रतिको बफादारीले केही दशकअघिसम्म मानिसले कुकुर पाल्थे । कुकुर पाल्नेहरू आफ्नो घर सुरक्षित भएको पनि महसुस गर्थे । 

धेरैले घरको रखबारी गर्ने जिम्मा कुकुरलाई नै छाडिदिन्थे । अझ यसो भनौं, मान्छे आफ्नो आवश्यकताले कुकुर पाल्थे । अहिले जमाना पूरै बदलिएको छ । कुनै समय घरको सुरक्षा गर्न पालिने कुकुर अहिले भने धेरैले सोख पूरा गर्न पाल्न थालेका छन् । 

कुकुरले घरमालिक रिसाएको, खुसी भएको र दुःखी भएको इत्यादि मानवीय भावना बुझेर सोहीअनुसार व्यवहार गर्न सक्छ ।

भूपू गोर्खा सैनिक हर्क पुनका घरमा अहिले पनि दुईवटा कुकुर छन् । बिहान मर्निङवाक जाँदादेखि कुनै कार्यक्रममा जाँदा किन नहोस् ती कुकुरले हर्कलाई पछ्याउँछन् । उनी सानै छँदा भेडिगोठतिर बाघ, भालु लगायतका वन्यजन्तु आएको जनाउ दिन कुकुर पालेको याद छ । 

जब उनी लाहुर छिरे । पल्टनमा कुकुरलाई विभिन्न तालिम दिएको देखे । त्यसपछि उनलाई पनि कुकुर पालनको सोख पलायो । ‘पल्टनमा हुँदा पलाएको कुकुर मोह अहिले पूरा गर्दैछु । यिनले घरको शोभा मात्रै बढाएका छैनन्, मेरो सोख पनि पूरा गरिदिएका छन्’, पुनले भने, ‘पोखराका प्रायः लाहुरेको घरमा थरिथरिका कुकुर छन् ।’

मानिस र कुकुरबीचको अन्तरसम्बन्ध निकै पुरानो मानिन्छ । उहिले सुरक्षाका लागि पालिने कुकुर आधुनिक युगमा सुरक्षासँगै सोखको रूपमा पाल्ने क्रम बढ्दो छ । कुकुरसँग मान्छेको दोहोरो अन्तरक्रिया पनि हुने हुँदा अन्य घरपालुवा जनाबरमध्ये कुकुरलाई नै धेरै मान्छेले रोजेका हुन् । 

नायिका डिम्पल मगरलाई पनि प्रायः सबै जनाबर मन परे पनि तीमध्ये सबैभन्दा बढी कुकुर मन पर्छ  । ‘कुकुरले जे सिकायो त्यही गर्छ । सधैं मसँगै हुने भएकाले साथी पनि हुन्छ । उसँग खेल्दा रमाइलो हुन्छ । मसँगै सुत्छ । ममीहरू कसैले केही भनेमा भुक्ने गर्छ’, डिम्पल भन्छिन्, ‘मैले कुकुरलाई स्कुटरमा बोकेर हिँड्छु । त्यसले गर्ने क्रियाकलापहरू हेरिरहुँ जस्तो लाग्छ । घरको जहानभन्दा मलाई कुकुरा प्यारो लाग्छ ।’ 

सहरमा सोखका रूपमा कुकुर पालन दिन प्रतिदिन मौलाउँदैछ । सहरको यान्त्रिक जीवनशैली, टुट्दै गएको संयुक्त पारिवारिक परम्परा र निरस भावबाट उन्मुक्ति पाउन पनि कुकुर पालनप्रति आकर्षण बढेको हो । पहिला संयुक्त परिवारमा बस्ने चलन थियो । अहिलेचाहि‌ं स्वतन्त्र बस्ने चलन छ । 

पोखरामा सबैभन्दा धेरै पालिने कुकुर जर्मन सेफर्ड हो । परिवारमैत्री भएकाले धेरैको रोजाइमा पर्छ । त्यसपछि पग, तिब्बतीयन म्यासकिभ, ल्याब्रा डग, डोबरम्यान, रड वाइलर लगायतका कुकुर पालिन्छन् यहाँ । सहरका सम्पन्न परिवारमा उन्नत जातका महंगा कुकुर पाल्ने प्रतिस्पर्धाजस्तै छ । 

स्वतन्त्र भएपछि सानो परिवार हुने भएकाले खेल्नका लागि, सुरक्षाका लागि पनि कुकुर पाल्ने चलन बढ्दै गएको आल्मोन्स क्याफे सञ्चालक गौतम उदासको तर्क छ । ‘मेरो सोख नै कुकर पाल्नु हो । जति तनाव भए पनि कुकर आएर लुटुपुटु  गर्यो भने म फ्रेस हुन्छु । कुकुरसँग खेल्दा तनाव मुक्त भइन्छ’, पोखरामा नोपेलिट्यान म्यास्किभ जातको कुकुर पाल्ने एक्ला गौतम भन्छन् । 

पोखरामा कुकुर पालनका सबैभन्दा सौखिन उनै गौतम उदास हुन् । यतिसम्म कि उनले कुकुर स्याहार्नलाई हेरालो मान्छे राखेका थिए । विभिन्न चारथरिका कुकुर हेर्ने एकजनाको जागिर थियो । उनीसँग दिल्लीबाट मगाएको ६५ केजीको नोपेलिट्यान म्यास्किभ जातको कुकुर छ, जो पोखरामा अरु कसैसँग छैन । 

कुकुरले घरमालिक रिसाएको, खुसी भएको र दुःखी भएको इत्यादि मानवीय भावना बुझेर सोहीअनुसार व्यवहार गर्न सक्छ । घरमा साना–ठूला गरी चारवटा कुकुर पालेका गौतम भावना आदान–प्रदानकै लागि आफूले कुकुर पालेको गौतम बताउँछन् । 

रहर आफ्नो ठाउँमा छ । तर, कुकुर पाल्ने काम सजिलो छैन । कुकुरको स्याहारका लागि नियमित समय छुट्याउनुपर्ने हुन्छ । उसका लागि बेग्लै खानाको जोहो गर्नुपर्छ । पैसा पनि त्यत्तिकै खर्च हुन्छ । ‘पालनपोषण गर्न भने निकै गाह्रो छ । साँझ र बिहान मासु चाहियो’, उनी भन्छन्, ‘त्यति मात्र होइन, कुकुरको नियमित स्वास्थ्य जाँचसमेत गराइरहनुपर्छ ।’ 
पोखरामा सबैभन्दा धेरै पालिने कुकुर जर्मन सेफर्ड हो । परिवारमैत्री भएकाले धेरैको रोजाइमा पर्छ । त्यसपछि पग, तिब्बतीयन म्यासकिभ, ल्याब्रा डग, डोबरम्यान, रड वाइलर लगायतका कुकुर पालिन्छन् यहाँ । सहरका सम्पन्न परिवारमा उन्नत जातका महंगा कुकुर पाल्ने प्रतिस्पर्धाजस्तै छ । 

दिनभरिको व्यस्तता र थकानबाट दिक्क भएर सा“झ घर फर्कंदा स्वागतका लागि गेटैसम्म पुच्छर हल्लाउ“दै आइपुग्ने कुकुर देख्दा मनको भारी र थकान सबै दूर हुने व्यवसायी सिरोज कोइरालाको दाबी छ । ‘मुख्य कुरा त सुरक्षाका लागि पाल्छु, त्यसमा पनि म एनिमल लभर हो’, कोइराला भन्छन्, ‘दुईवटा कुकुर पालेको थिएँ, एउटा बाघले लियो एउटा अझै छ । कुकुर मान्छेभन्दा बढी विश्वासिलो हुन्छ ।’

 

प्रकाशित: ४ माघ २०७४ १३:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App