८ वैशाख २०८१ शनिबार
समाज

जुम्ली जलवायुमा हलचल

जलवायु परिवर्तनवारे छलफल गर्दै तिला गाउँ कार्यपालिका सदस्य - डिबी बुढा । नगारिक

जुम्ला – तिला ७ का हस्तवहादुर बुढाले दशक अघि सम्म चार फिट हिउँ जमेपछि हिडडुल गर्न असहज हुने गरेको विर्षेका छैनन् । उनका अनुसार गाउँ नजिकैको जंगलमा दर्जन बढी पानीका मुहान थिए । गाउँमा खानेपानीको कुनै समस्या थिएन ।

उनले भने, उतिवेला जलवायु अनुकुल भएकोले खेतवारीमा लगाएको अन्नपातले उत्पादन दिन्थ्यो । आफनो उत्पादनमै किसान आत्मनिर्भर हुन्थ्यो । तर अहिले उनी झस्किन्छन । जंगलमा पानीका मुहान भेटिदैनन,हिमालमा हिउँ देखिदैन,खेतबारीमा सप्रेको अन्नवाली पाउदैन । उनले भने, जुम्लाको जलवायु विस्तारै खडेरीको रुप लिदैछ । कुनै न कुनै वेला चरम भोकमरी र महामारी आउनेमा कुनै शंका नभएको बताए ।

तिला ६ का भक्त वहादुर रोकाया हरियाली डाडाकाडा उजाड वन्दै जादा किसानको मुहारमा नैरस्यता आउने गरेको वताउछन । उनले भने, जंगलमा जनवार पाईन छाडे,घरमा पालीएका जनावर पाल्नै कठिन हुन थाल्यो । चरनक्षेत्रमा घास उम्रेपनि रोगकिराको संक्रमणले नष्ट हुन थालेको छ । साउन महिनाको वर्षाले भैसीको सिंङ्गमा च्याउ उम्रेको देख्न पाईन्थ्यो । अहिले न हिउदमा हिँउ देखिन्छ, न वर्षायाममा वर्षा ।

तिला ४ का लाल वहादुर सार्कीले अहिले सुख्खा पहिरोले हैरानी दिएको बताउँछन् । नियमित वर्षा नहुनाले हरियाली डाडा सुक्दै गएका छन । उनले भने, जसका कारण आगलागीको प्रकोप निकै बढी देखिएको छ । जलवायुमा देखिएको हलचलका कारण मध्यपहाडमा हुने अधिकांश जडिबुटी जुम्लामै पाईन थालेका छन । हलुवावेद,टिमुर,अमिलो,अनार,चुक,अङ्गुर पाईन थालेका छन् । जुम्लाको वर्षेपच्छिे फल्दै आएको स्याउ एक वर्ष फल दिन्छ, एक वर्ष दिदैन । अन्नबालीमा नयाँ नयाँ रोग देखिन थालेका छन । स्याउमा टुप्पो सुक्ने रोगले हैरान बनाएको छ ।

घाँसमा किरा लाग्न शुरु गरेको छ,खुर्सानी नपाक्दै झर्न थालेको छ । पशुपालनमा उत्तारचढाव आएकोछ, स्थानीय लालवहादुरले भने, तराईका जर्सिगाई जुम्लाको हावापानीमा बस्न सक्छन । पशु वस्तुमा पिपिआर रोगको प्रकोप वढेको छ । स्थानीय सल्लोको रुखमा किराको प्रकोप वढेपछि हुर्कन नपाउदै सुक्न थालेका छन । रातो नहुदै पिरल खस्छ,मध्यपहाडमा हुने खोटे सल्लो राम्रोसित हुर्केको पाइएको छ । उत्तीस देखिन थालेकोछ,आँपको वोट उम्र्रन्छन,भुजपत्र हुने उचाईमा सल्लो उम्रन्छ ।

कृषि सेवा केन्द्र तिलागाउँपालिका प्रमुख हिक्मतराज गिरीले जंगल हिमालतिर सर्दै गरेको र  पानीका मुहान सुक्दै गएको बताए । उनका अनुसार बाली चक्रमा पनि ठुलो परिवर्तन आएको छ । उनका अनुसार सुख्खा मौसममा हुने बालीको अनुसन्धान भईरहेको छ ।

तिला गाउँपालिकाका उपाध्यक्ष विष्णुमाया वुढाले सुख्खा स्थानमा वृक्षारोपण,मुहान संरक्षण र लिफ्ट सिचाईको व्यवस्थाका लागि गाउँपालिकाले पहल थालेको बताए । उनले भने,समुदाय केन्द्रित सचेतना र विपत्त पात्रो निर्माण गरिएको छ । जिल्लाका अधिकांश गाउँमा खानेपानीको अभाव छ,स्थानीय उत्पादनमा कमि आएको छ, विभिन्न रोगको प्रकोप बढेको छ ।
 

 

 

 

 

प्रकाशित: ६ माघ २०७४ ०५:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App