सीमा विवाद छानबिन गर्न नापी विभागको टोली वीरगञ्जमा

शनिबार, ०६ माघ २०७४, २२ : २० नागरिक


पर्सा – वीरगञ्ज महानगरपालिका– १ छपकैयामा देखिएको सीमा विवादबारे छानबिन गर्न नापी विभागको टोली शनिबार वीरगञ्ज आएको छ।

छपकैयाको भकुवामा रहेको पिलर नं ३९२ को सहायक पिलर ठीक ठाउँमा नलगाएका कारण ५० बिगाहाभन्दा बढी नेपाली जग्गा भारततर्फ जान लागेको भन्दै स्थानीयवासीले सीमास्तम्भ निर्माण कार्यको विरोध गरेपछि यथार्थ बुझ्न नापी विभागका निर्देशकको नेतृत्वमा टोली वीरगञ्ज आएको हो।

नापी विभागका निर्देशकद्वय दामोदर ढकाल र अनिल मरासिनीको नेतृत्वमा आएको टोलीले छपकैयाको भकुवामा रहेको पिलर नं ३९२ को सहायक पिलर गाडिने स्थानको नाप नक्सा गर्ने कार्य शुरु गरिएका छन्।

सीमास्तम्भको छानबिन गर्न घटनास्थल पुगेका निर्देशक ढकालसँग बुझ्दा उनले छपकैयाको भकुवामा रहेको पिलर नं ३९२ को दश सहायक पिलरमध्ये चार पिलरमा विवाद देखिएकाले एलजिपिएस मेसिनबाट नापनक्सा गरेपछि मात्र गाड्न लागिएको स्तम्भ ठीक वा बेठीक स्थानमा भएकोबारे बताउन सकिने जानकारी दिए।

उनले सन १८१६ मा ब्रिटिस सरकारसँग भएको सन्धिलाई आधार मानी नेपाल तथा भारत सरकारले तत्कालीन अवस्थामा रहेको नदी सिमाना मानी स्ट्रिप नक्सा तयार पारिएको र सोही नक्साका आधारमा सन् २०१४ देखि सीमाङ्कन कार्य थालनी गरिएको बताए।

सन् १८१६ मा नदी बगेको धारलाई सीमा मानी दुई सेन्टिमिटरसमेत फरक नपर्ने गरी एलजिपिएस मेसिनबाट सीमा निर्धारण कार्य भइरहेको जानकारी निर्देशक ढकालले दिए। उनले वीरगञ्जको छपकैयामा देखिएको विवादबारे मेसिनबाट नापनक्सा गरेपछि सीमास्तम्भ गाड्न लागिएको स्थान ठीक वा बेठिक भन्न सकिने र यसमा तीनदिन समय लाग्ने बताए।

स्ट्रिप म्यापका आधारमा सीमा निर्धारण गर्दा नेपाली नम्बरी जग्गासमेत भारततर्फ र भारतको जग्गा नेपालतर्फ आएको विभिन्न स्थानमा देखिएको जानकारी दिँदै निर्देशक ढकालले यताको उता र उताको यता आएको जग्गाको विवारणबारे लिखित प्रतिवेदन नेपाल सरकारलाई बुझाउने र नेपाली नम्बरी जग्गाधनीलाई नेपाल सरकारले कुनै न कुनै राहत अवश्य दिने निर्देशक ढकालले विश्वास व्यक्त गरे।

तीन सय ९२ को ६, ७, ८ र ९ नंको सहायक पिलर नेपाली भूमि मिचेर लगाउन लागेको जसकारण लालपूर्जा भएका ५० बिगाहाभन्दा बढी नेपाली भू–भाग भारततर्फ जान लागेपछि सीमास्तम्भ निर्माण कार्य बन्द गर्न निवेदन दर्ता गराएको छपकैया निवासी रवीन्द्र महतोले जानकारी दिए।

उनले २०२२ सालको नापीअनुसार आफूहरु नेपाल सरकारलाई कर तिर्दै आएको नम्मरी जग्गा कसैले भन्दैमा भारतीय कसरी हुने प्रतिप्रश्न गर्दै महतोले स्ट्रिप म्यापको बहानामा नेपाली जग्गालाई भारतीय बनाउने कार्य आफूहरुलाई मञ्जुर नभएको प्रष्ट पारे। भइरहेका गलत सीमाङ्कन कार्यलाई नसच्याए सोविरुद्ध प्रधानमन्त्रीसमक्ष ज्ञापन बुझाउँदै आन्दोलनमा उत्रिने महतोको भनाइ छ।

भारतसँग सीमा जोडिएको पर्साको ११६ किमी क्षेत्रफलमा ४९ वटा जंगे पिलर, ४९ वटा सहायक पिलर ९६१ वटा साना सहायक पिलर गरी कूल एक हजार ५९ सीमास्तम्भ रहेको नापी विभागले जनाएको छ।

सन् २०१४ देखि चितवनको बाल्मीकि नगरबाट सीमाङ्कन कार्य शुरु भएपछि हालसम्म नेपाल पक्षको भागमा परेका पर्साका सबै सीमास्तम्भ नेपाली पक्षले मर्मत वा पुनःनिर्माण गरे पनि भारतीय पक्षले उक्त कार्य हालसम्म पूरा नगरेको नापी विभागका अधिकारीले बताएका छन्। रासस






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

रणवीर र आलिया प्रेममा

रणवीर र आलिया प्रेममा

बलिउडमा पछिल्लो समय रणवीर कपुर र आलिया भट्टको डेटिङको चर्चा छ। दुबैका परिवारबीच भइरहेको सन्देश आदान प्रदानले आलिया कपुर खान्दानको...

राजेश हमालले भेटे राष्ट्रकवि

राजेश हमालले भेटे राष्ट्रकवि

महानायक राजेश हमालले राष्ट्रकवि माधव प्रसाद घिमिरेसँग भेट गरेका छन्। हमालले आन्तरिक रक्तश्राव भई ग्राण्डी अस्पतालमा उपचाररत राष्ट्रकवि घिमिरेलाई मंगलबार धापासीस्थित...

नायिका निता ढुंगानासहित ४ सम्मानित

नायिका निता ढुंगानासहित ४ सम्मानित

नेपाली फिल्मकी नायिका निता ढुंगाना चलचित्र पत्रकारिता दिवसको अवसरमा गृहनगर हेटौंडामा सम्मानित भएकी छिन्। चलचित्र पत्रकार संघ मकवानपुरले उनीसहित २...

लघु चलचित्र ‘अटुट नाता’ उत्कृष्ट

नेपाली सेनाले आयोजना गरेको लघु चलचित्र प्रतियोगिता २०७४ मा लघु चलचित्र ‘अटुट नाता’ उत्कृष्ट भएको छ । दिप पौडेलले निर्माण...