८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

काबुल होटल आक्रमणमा २१ काे मृत्यु

काबुल – अफगान सुरक्षा फौजले १२ घण्टाको संघर्षपछि राजधानी काबुलस्थित इन्टरकन्टिनेन्टल होटलमाथि आफूले नियन्त्रण हासिल गरेको जनाएको छ।होटललाई हमलाकारीको आक्रमणबाट सुरक्षित गर्ने र होटेलमा रहेका ग्राहक तथा कर्मचारीको उद्धार गर्ने क्रममा २१ जनाकाे  ज्यान गएको यहाँको गृह मन्त्रालयले जनाएको छ।

‘आतङ्कबादीहरुले आक्रमण गरेपछि सुरक्षाकर्मीले जवाफी आक्रमण गरेका थिए,’ गृह मन्त्रालयका प्रवक्ता नाजीब डेनिसले स्थानीय सञ्चारमाध्यमसँग बताए।

आतङ्कवादीको नियन्त्रणमा के कति मान्छे छन् या छैनन् भन्ने बारेमा केही स्पष्ट हुन नसकेको अधिकारीले बताएका छन्। घटनास्थलमा कुनै सञ्चारकर्मी तथा आम मान्छेको प्रवेशमा रोकी कारबाही थालिएको थियो।

घटनास्थलमा उद्धारका लागि पुगेका एम्बुलेन्सलाई समेत होटल नजिकै लाइनमा राखेर होटललाई सुरक्षा नियन्त्रणमा लिइएको थियो।

होटल आक्रमणमा सम्लग्न सवैै हमलाकारी मारिएका छन्। आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन। तर सरकारी सुरक्षाफौजले घटनामा तालिवानी समूहको संलग्नता रहेको आशङ्कामा छानविन शुरु गरेको छ।

प्रकाशित: ७ माघ २०७४ १६:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App