टेक्सासमा लुटेराको गोली लागि नेपालीको मृत्यु

सोमबार, ०८ माघ २०७४, ०९ : २६ होमप्रसाद लम्साल


टेक्सास – टेक्सासको डालासस्थित गारल्याण्डमा रहेको एक ग्याँस स्टेशनमा लुट्न आएका बन्दुकधारीको गोली लागि एक नेपालीको मृत्यु भएको छ । ब्रोडवे एभेन्यूमा रहेको एक्जोन ग्याँस स्टेशनमा शनिबार राति भएको लुटपाटमा त्यहाँ कार्यरत गोरखाका ३५ वर्षीय मनिष पाण्डेको मृत्यु भएको हो।

उक्त ग्याँस स्टेशनका मालिक मृतकका आफन्त कृष्ण पन्त पनि नेपाली नै हुन् । ग्याँस स्टेशनमा कार्यरत मृतक पाण्डेकी श्रीमती केही समय अघि मात्रै नेपालबाट आएको बताइएको छ। पन्तले उक्त ग्याँस स्टेशन सन् २०११ देखि सञ्चालन गर्दै आएका थिए। मृतककी पत्नी गर्भवती छिन्।
 
स्थानीय गारल्याण्ड प्रहरीलाई उधृत गर्दै स्थानीय सिबिएस डिएफडब्लु अनलाइनले जनाए अनुसार शनिबार मध्यरातमा दुई व्यक्तिहरू पसेर लुट्न खोजेपछि प्रतिरक्षाको क्रममा लुटेराको गोली लागि पाण्डेकोे मृत्यु भएको हो। स्थानीय प्रहरीले सिसि टिभीमा राखेको भिडियोमा देखिए अनुसार दुबै लुटेरा कालो वर्णका छन्। राति स्टोर बन्द गर्ने तयारी गरिरहेको बेला साँढे ११ बजे उक्त घटना भएको हो ।

पछिल्लो समय ग्याँस स्टेसन तथा स्टोरहरूमा जोखिम बढ्दै गएको छ । लुटपाटको क्रममा लुटेराहरूसँग वादविवाद र भीडन्त नगर्न जानकारहरूको सुझाएका छन । अमेरिकामा प्रत्येक वर्ष ग्यास स्टेसनमा यसरी लुट्ने र प्रतिकारमा गोली लागि ठूलो संख्यामा मानिसहरूको मृत्यु हुने गरेको छ । ग्याँस स्टेशनमा कार्यरत रहेकै अवस्थामा दुई वर्ष अघि टेक्ससकै डेन्टनमा नेपाली समिरा शिवाकोटीको हत्या भएको थियो । यसरी ग्यास स्टेशनमा हत्या हुने नेपालीको संख्या दिनानुदिन बढ्दो छ।

तपाईको समाचार पठाउन यहाँ थिच्नुहोस् ।






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

सलमान खानको नेपाल भ्रमण दोस्रो पटक स्थगित

सलमान खानको नेपाल भ्रमण दोस्रो पटक स्थगित

बलिउड अभिनेता सलमान खानको नेपाल भ्रमण दोस्रो पटक स्थगित भएको छ। आयोजक संस्था ओडीसी इन्टरनेसनलले सामाजिक सञ्जाल फेसबुक मार्फत विशेष...

‘मंगलम्’लाई पाँच अवार्ड

‘मंगलम्’लाई पाँच अवार्ड

डिजिटल मोडलमा बनेका फिल्मलाई प्रोत्साहित गर्न राजधानीमा बिहीबार आयोजना गरिएको १० औं संस्करणको ‘डि सिने अवार्ड २०७५’ फिल्म ‘मंगलम्’ले प्रतिस्पर्धामा...

प्रहरी र अपराधीबीचकोे ‘चक्कर’

प्रहरी र अपराधीबीचकोे ‘चक्कर’

अपराधको विषयबस्तु समेटेर तयार पारिएको फिल्म ‘चक्कर’को ट्रेलर र फस्टलुक सार्वजनिक भएको छ। राजधानीमा बिहीबार फिल्म युनिटले पत्रकारमाझ फस्टलुक र...

एकै स्टेजमा तीन विजेता

एकै स्टेजमा तीन विजेता

एउटै स्टेजमा एकसाथ तीन विजेता छानिने भएका छन्। ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले आगामी असार १ गते राजधानीमा आयोजना गर्न लागेको ‘मिस...