coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

टोटेनह्याम शीर्ष ४ मा उक्लन वञ्चित

साउथह्यमटन– स्ट्राइकर ह्यारी केनले इङ्लिस प्रिमियर लिगमा गोल संख्या ९९ पुर्याए पनि आइतबार साउथह्यामटनसँग १–१ को बराबरीमा रोकिएपछि टोटेनह्यामले शीर्ष ४ मा उक्लिने माैका गुमाएको छ।

१५औं मिनेटमा टोटेनह्यामका डाभिन्सन सान्चेजले गरेको आत्मघाती गोलमा साउथह्यामटनले अग्रता लिएको छ। साउथह्यामटनका रायन बर्टान्डको प्रहार रोक्ने क्रममा बलले सान्चेजलाई छुँदै पोस्टको दिशा लिएको थियो।

त्यसको तीन मिनेटपछि केनले गरेको गोलमा टोटेनह्याम खेलमा फर्किएको थियो । केनले बेन डेभिसको पासलाई जाली चुमाएका थिए।

यस नतिजापछि २४ खेलको समाप्तिमा ४५ अंक जोडेको टोटेनह्याम पाँचौं स्थानमा छ । जुन एक खेल कम खेल्दै चौथो स्थानमा बसेको लिभरपुलभन्दा २ अंक कम हो । २२ अंक जोडेको साउथह्यामटन १८औं स्थानमा छ । साउथह्यामटनले नोभेम्बरपछिको कुनै पनि खेलमा जित हात पार्न सकेको छैन।

साउथह्यामटनसँग महत्वपूर्ण २ अंक गुमाउनु दुखद भएको भन्दै टोटेनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिन्होले म्यानचेस्टर युनाइटेड, आर्सनल र लिभरपुलजस्ता शीर्ष टोलीविरुद्धको खेल बाँकी नै भएकाले थप सुधारिएको प्रदर्शन गर्न आवश्यक भएको बताए।

‘साउथह्यामटनले उत्कृष्ट प्रदर्शन ग¥यो,’ पोचेटिन्होले भने, ‘हाम्रो प्रदर्शन लयअनुरूपको रहेन । हामीले अझै बल नियन्त्रणमा राख्दै धेरैभन्दा धेरै गोलको अवसर सिर्जना गर्नुपर्छ । आज हामीले धेरै गल्ती गर्याैँ। यो गल्तीबाट पाठ सिक्नुपर्छ । हामीले दुई अंक मात्र गुमाएको जस्तो देखिए पनि अन्तमा त्यो अंक नै हाम्रो शीर्ष ४ मा बस्ने नबस्ने टुंग्याउन महत्वपूर्ण बन्न सक्छ, किनभने प्रिमियर लिगमा शीर्ष टोलीबिच सधैं तीव्र प्रतिस्पर्धा हुने गर्दछ।’

साउथह्यामटनले आक्रामक रूपमा खेलको सुरुआत गरेको थियो । मानलो गाबाडिनीले डुसान ताडिकको पासमा गरेको प्रहार पोस्टनजिकैबाट बाहिरिँदा साउथह्यामटनले अग्रता लिने अवसर खेर फालेको थियो । त्यस लगत्तै ताडिककै पासमा पिरे इमिले होज्बर्जले गरेको प्रहार बाहिरिँदा साउथह्यामटनले पुनः एक पटक अग्रता लिन मौका गुमाएको थियो।

त्यस्तै सान्चेजको आत्मघाती गोल लगत्तै केनले डेभिसको कर्नरमा साउथह्यामटनका दुई रक्षकलाई गरेको हेड प्रहार बाहिरिँदा टोटेनह्यामले खेलमा फर्कने अवसर खेल फालेको थियो ।

त्यस्तै खेल सकिन ६ मिनेट बाँकी हुँदा माउसो सिसीको पासमा डिले अलीले गोल गर्दै टोलीका लागि तीन अंक पक्का गर्ने सुनौलो अवसर पाएका थिए । तर अलीको प्रहारमा साउथह्यामटनका कप्तान स्टेफन डेभिसले विफल पारेका थिए।

खेलको अन्तिम समयमा केनले प्रिमियर लिग गोल संख्या १ सय पु¥याउने अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन्। उनको प्रहार पोस्टनजिकैबाट बाहिरिएको थियो।

प्रकाशित: ९ माघ २०७४ ०३:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App