८ वैशाख २०८१ शनिबार
खेल

मनाङ मर्स्याङदी फाइनलमा

मनाङका खेलाडी गोल गर्ने प्रयासमा बल अघि बढाउँदै तस्बिर -नागरिक

इटहरी– भारतको गरिफा स्र्पोटिङ क्लबमाथि ३–० को सहज जित निकाल्दै सहिद स्मारक ‘ए’ डिभिजन लिगको महारथी लक्ष्मी हुन्डाई मनाङ मर्स्याङदी क्लब  मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

नेपाली राष्ट्रिय टोलीबाट पर्याप्त अन्तर्राष्ट्रिय खेलको अनुभव बटुलिसकेका सन्तोषले लामो समयको जापान बसाईबाट फर्किएपछिको पहिलो प्रतियोगितामा दुई गोल गरेपछि मनाङको जित सहज बनेको थियो । शनिबार हुने फाइनलमा मनाङले सन्तोषको पूर्वक्लब रुस्लान थ्री स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । थ्री स्टारले अघिल्लो दिन प्रतियोगिताको मुख्य दाबेदार नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमाथि टाई–ब्रेकरमा जित हासिल गर्दै फाइनलको बाटो खनेको थियो ।

सन्तोषले आफू उच्च फर्ममा रहेको प्रमाण दिएको खेलमा कोलकाताको भ्रमणकारी टोली गरिफाले १० जनामा सिमित भएर आधाभन्दा बढि समय खेलेको थियो । सन्तोषलाई नियतवश अनुहारमा किक प्रहार गरेवापत पाहुना टोलीका अफ्रिकी खेलाडी अब्बु बोकाईले मध्यान्तर हुन एक मिनेट बाँकी रहँदा रातो कार्ड सामना गरेका थिए । गरिफाको टोलीमा पाँच अफ्रिकी खेलाडी थिए ।

पहिलो हाफको गोलरहित बराबरीमा टुंगिए पनि विपक्षी १० जनामा सिमित भएको फाइदा उठाउँदै मनाङले दोस्रो हाफको सुरुआतमै अग्रता लियो । मनाङका लागि सन्तोषले सुजल श्रेष्ठको पासमा ४७औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । ६९औं मिनेटमा सन्तोषले व्यक्तिगत दोस्रो गोल गर्दा मनाङले अग्रता दोब्बर बनायो । सयम सकिन १४ मिनेट बाँकी रहँदा विमल रानाले मनाङका लागि अर्को थोल थपे ।मनाङको जितमा दुई गोल गरेका सन्तोष म्यान अफ दी म्याच घोषित भए । उनले पुरस्कारस्वरुप नगद १० हजार रुपैयाँ पाए ।

 



 

प्रकाशित: १२ माघ २०७४ ०२:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App