८ वैशाख २०८१ शनिबार
प्रवास

अमेरिकामा डा. गणेश र अमृत योन्जनलाई सम्मान

काठमाडौं-  दुई अभियन्ता डा. गणेश योन्जन र अमृत योन्जनलाई अमेरिकामा सम्मान गरिएको छ। तामाङ को–अपरेशन सोसाईटी अफ क्यालिफोर्नियाले एक कार्यक्रम आयोजना गरी योन्जनद्वयलाई सम्मान गरेको हो।

जापानका लागि नेपालको पूर्व राजदूत डा. गणेश योन्जन जनजाति आन्दोलनका अभियन्ता हुन् भने अमृत योन्जनलाई तामाङ भाषाविदका रुपमा अभियन्ता मानिन्छ। गत जनवरी १३ र १४ मा न्यूयोर्कमा सम्पन्न पहिलो उत्तर अमेरिकी तामाङ सम्मेलनमा भाग लिन योन्जनद्वय अमेरिका पुगेका थिए।

सोसाईटीका अध्यक्ष कुमार दोङको अध्यक्षतामा भएको सम्मान तथा अन्तरक्रिया कार्यक्रममा सोसाईटीका सल्लाहकारहरु, सदस्यहरु लगायत अन्य समुदायका प्रतिनिधीहरु उपस्थित थिए।

नेपाल जानजाति महासंघ, क्यालिफोर्नियाका अध्यक्ष देव किराँत राईले जनजातिको मुद्दा शसक्त ढंगबाट अघि बढाउन तामाङ जातिको योगदानको प्रशंसा गर्दै जनजाती एकताको पक्षमा जोड दिए।

कार्यक्रममा तामाङहरुको भाषिक र राजनीतिक अवस्था सन्दर्भमा अन्तरक्रिया समेत गरिएको थियो। भाषाविद अमृत योन्जनले नेपालमा तामाङ भाषा र अन्य भाषाको स्थान, भाषाको जन्म, बिस्तार र लोप बारेमा बिचार प्रस्तुती राखेका थिए। यसैगरी डा. गणेश योन्जनले राज्यको तर्फबाट तामाङहरुका साथै सिँगो जनजाति नै बिभेदमा रहेकाले मुद्दा नसकिएको बताए।

प्रकाशित: १२ माघ २०७४ १३:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App