coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभा उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको लागि मनोनयन दर्ता गरेका उम्मेदवारहरुको नामावली अाइतवार अपरान्ह प्रकाशन गर्दैछ ।

राष्ट्रियसभा निर्वाचन कार्यतालिका अनुसार आज नामावली प्रकाशन गर्ने र नाम फिर्ता लिन चाहने उम्मेदवारले नाम फिर्ता लिन चाहेमा आज दिउँसो १ बजेदेखि भोलि सोमवार दिउँसो २ बजेसम्मको समय दिइएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

आयोगले यसअघि दर्ता भएका मनोनयनपत्र र उजुरी उपर शनिवार जाँचबुझ गरी आइतवार नामावली प्रकाशन गर्न लागेको हो ।

निर्वाचन कार्यतालिका अनुसार सोमवार निर्वाचनमा भाग लिएका उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिनेछ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन दिउँसो ४ बजे गरेपछि उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

आगामी माघ २४ गते हुने निर्वाचनका लागि सातवटै प्रदेशमा गरी कुल ८३ जनाको उम्मेदवारी परेको छ । त्यसमध्ये १८ जना निर्विरोध भएका छन् भने १ जनाको उम्मेदवारी खारेज भएको छ। 

 

 

प्रकाशित: १४ माघ २०७४ ०६:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App