लसएञ्जल्स – अमेरिकाको न्यूर्योकमा आयोजना गरिएको ६० औं ‘ग्रामी अवार्ड’मा पप स्टार ब्रुनो मार्सले पाँच अवार्ड जितेका छन् । मार्सको एकल गीत ‘द्याट्स वाट आई लाइक’ले ‘सङ अफ द इयर’को अवार्ड पनि पायो। मार्सको यो गीतले लुइस फोन्सी, डैडी याङकी र जस्टिन बीबरको अभिनय रहेको गीत ‘देसपसितो’, ‘जे–जी’ को ‘४ः४४’, जूलिया माइकल्सको ‘इशूज’लाई पछि पारेको थियो ।
मार्स अवार्डमा जम्मा सात विधामा मनोनित भएका थिए। ३२ वर्षे यी गायक तथा लेखकलाई ‘सङ अफ द ईयर’को ट्रफी तथा ‘बेस्ट आर एण्ड बी परफरमेन्स’ र ‘बेस्ट आर एण्ड बी’को अवार्ड ‘देट्स व्हाट आई लाइक’का लागि दिइएको थियो । उनकै एल्बम ‘२४के मेजिक’लाई ‘बेस्ट आर एण्ड बी एलबम’को अवार्ड दिइयो।
मार्सपछि अवार्ड जित्ने मामलामा दोस्रो नम्बरमा केन्ड्रिक लमार रहे । उनले यो अवार्डमा पाँँच अवार्ड पोल्टामा पारे। उनको एल्बम ‘डैम’ले ‘बेस्ट र्याप एल्बम’ अवार्ड पायो । कार्यक्रममा लेडी गागा, स्याम स्मिथ, पिन्क जस्ता कलाकारले आफ्नो प्रस्तुति दिएका थिए । अवार्डमा अभिनेत्री केरी फिशर र गायक लियोनार्ड कोहेनलाई मरणोपरान्त ‘२०१८ ग्रामी पुरस्कार’ दिइएको थियो।
अवार्डमा एलीसिया कारा ‘बेस्ट न्यू आर्टिस्ट’, ब्रुनो मार्सको देट्स वाट आई लाइक ‘सङ अफ द ईयर, केन्ड्रिक लैमरको हम्बल ‘बेस्ट म्यूजिक वीडियो’, ब्रोकन हालोस ‘बेस्ट कन्ट्री एल्बम’, अ डीपर अन्डरस्टेन्डिङ, द वार अन ड्रग्स ‘बेस्ट रक एल्बम’, डेम, केन्ड्रिक लैमर ‘बेस्ट र्याप एल्बम’, एड शेरीनको शेप अफ यू ‘बेस्ट पप सोलो परफरर्मेन्स’, एड शेरीन ‘बेस्ट पप वोकल एल्बम’, दी नेसभिले साउण्ड ‘बेस्ट अमेरिकान एल्बम’, देट्स वाट आई लाइक ‘बेस्ट आर एण्ड बी परफरर्मेन्स’, हम्बल केन्ड्रि लैमर ‘बेस्ट ¥याप सङ’ र लोयालटी, केन्ड्रिक लैमर, रिहाना ‘बेस्ट र्यापर सङ कोलाब्रेशन’ भए।
प्रकाशित: १६ माघ २०७४ ०५:४० मंगलबार