coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

ग्रामी अवार्डमा हिलारी !

न्युयोर्क – न्युयोर्कमा आइतबार राती सम्पन्न ६० औँ ग्रामी अवार्डमा अमेरिकन राष्ट्रपतिको लागि लडेकी हिलारी क्लिन्टनको उपस्थितिले सहभागी सबैलाई अचम्ममा पार्‍यो।

कार्यक्रममा लेखक माइकल वुल्फले लेखेको पुस्तक ‘फायर एन्ड फ्युरी: इनसाइड द ट्रम्प ह्वाइट हाउस’का केहि लाइन पढ्दै हिलारीले प्रवेश गरेको फुटेज प्रस्तुत गरिएको थियो। हिलारीलाई साथ दिन किताबका केहि अंश पढ्दै गायिका चेरिलिय, र्यापर द्वय स्नुप डग र कार्डी वी, गायक जोन लिजेन्ड र डिजे खालेदले साथ दिएका थिए। कार्यक्रममा उद्घोषक रहेका जेम्स कोर्डनले राम्रोसँग पुस्तक पढ्नेलाई अर्को वर्ष ‘वेस्ट स्पोकन अवार्ड’ दिने घोषणा पनि गरेका थिए।

पुस्तकमा ट्रम्पको एक वर्षे कार्यकालको बारेका विश्लेषण गरिएको छ। प्रकाशकका अनुसार पुस्तक जनवरीमा मात्र एक लाख ७० हजार प्रति विक्रि भएको थियो।

हिलारीको आकस्मिक उपस्थिति त्यतीवेला अचम्ममा परिणत भयो, जतिवेला उनी हिलारी नभइ अरु कोहि भएको खुल्न आयो। ट्रम्पलाई व्याङग्य गर्दै हिलारीले भनेकी थिइन्, ‘ट्रम्प लामो समयदेखि विषालु खाना देखेर डराइरहेका थिए। त्यसको एक कारण थियो उनले म्याक डोनाल्डको खाना मन पराउनु। कसैलाई पनि थाहा छैन कि जव उनी आए, तव मात्रै खानाहरु सुरक्षित हुन थाले।’ 

ग्रामीमा राजनीति मिसाएको बारे अमेरिकाका लागि संयुक्त राष्ट्रसंघकी राजदूत निक्की हेलीले ट्विट गर्दै भनेकी छिन्, ‘म सधै माया गरिरहन्छु ग्रामीलाई तर आर्टीस्टहरुले फायर एन्ड फ्युरी जस्तो किताव पढेर यसको मर्मलाई मारे’ हेलीले थपेकी छिन्, ‘यती ठूलो अवार्डको गरिमामा आँच आउने काम नगरियोस्, हामीमध्ये  कतिपयलाई संगीतमा राजनीति मिसाएको मन पर्दैन।’

२०१८ को ग्रामी अवार्डमा रेकर्ड अफ द इयर सहित ८६ ओटा विद्यामा अर्वाड वितरण गरिएको थियो।

प्रकाशित: १६ माघ २०७४ ०७:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App