८ वैशाख २०८१ शनिबार
समाज

सडकका डिभाइडर हटाउँदै उपमहानगरपालिका

नेपालगन्ज – नेपालगन्ज–सुर्खेत रोडमा राखिएका डिभाइडर व्यवस्थित गर्न सुरु गरिएको छ। यात्रु आवागमन र सुरक्षाका लागि राखिएका डिभाइडर क्षेत्रभित्र कन्सट्रक्सनका सामान, ठेला राख्ने, पार्किङ गरेर आवत–जावतमा थप समस्या निम्तिएपछि डिभाइडर उठाउन सुरु गरिएको उपमहानगरपालिका कार्यालयले जनाएको छ।

स्थानीय राँझाचोकदेखि गणेशमान चोकसम्मका ३ सय २५ वटा उक्त डिभाइडर हटाउन लागिएको उपमहानगरपालिकाका सूचना अधिकारी शरदकुमार पौडेलले जानकारी दिएका छन्। उनका अनुसार उठाइएका कतिपय डिभाइडर ग्रीन बेल्टसँगै जोडेर क्रसिङ क्षेत्रमै राखिनेछ।

क्रसिङ क्षेत्र धेरै भएका कारण यात्रुले जथाभावी बाटो काटेर थप असुरक्षा बढाउनुका साथै ट्राफिकिङमा समस्या निम्त्याउन थालेपछि क्रसिङ मोडमा डिभाइडर राख्न थालीएको जिल्ला ट्रफिक प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी निरिक्षक होमबहादुर थापाले जानकारी दिए। सडकका २५ वटा क्रसिङ (मोड) मा डिभाइडर राख्ने तयारी गरिएको छ।

नगरको समग्र ट्राफिक व्यवस्थापनमा विशेष पहल सुरु गरिएको उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले बताएका छन्। उनका अनुसार सुरक्षित र सहज आवत–जावतका लागि नगरका विभिन्न स्थानमा पार्किङ क्षेत्र पनि निर्माण गरिंदैछ। सुर्खेत रोड र सदरलाइन सडक क्षेत्रका ४७ स्थानमा पार्किङ स्थल बनाइने तयारी गरिएको प्रमुख राणाले बताए। ट्राफिक व्यवस्थापनका लागि ट्राफिक चिन्ह, सूचनामुलक बोर्ड लगायतका कामहरु अन्तिम चरणमा पुगेको उपमहानगरपालिकाका उपमेयर उमा थापामगरले बताईन्।

मेयर राणाको अध्यक्षतामा बसेको यसअघि बसेको सर्वदलीय÷सर्बपक्षीय बैठकले डिभाइडर हटाउने निर्णय गरेको थियो। सोही निर्णय अनुसार आइतबार रातिदेखि डिभाईडर उठाउन सुरु गरिएको बताइएको छ। अत्यन्तै गह्रौ रहेका ती डिभाइडर हटाउन दिउँसो सम्भव नभएपछि क्रेनमार्फत रातको समयमा उठाउने गरिएको उपमेयर थापाले जानकारी दिईन्। नेपालगन्ज–कोहलपुर सडक आयोजनाले निर्माण गरेको चारलेन सडकमा ठेकेदार पप्पु कन्ट्रक्सन कम्पनीले डिभाइडर राखेको हो।

प्रकाशित: १६ माघ २०७४ ११:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App