७ वैशाख २०८१ शुक्रबार
अर्थ

‘नेपाल उत्कृष्ट साहसिक गन्तव्य’

काठमाडौं – नेपाली पर्यटन व्यवसायीले साहसिक पर्यटन खेलकुद गतिविधिका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य रहेको बताएका छन् ।

भारत नयाँदिल्लीमा आयोजित तीन दिने ‘एडभेन्चर स्पोर्टस् एसिया एक्स्पो २०१८’ मा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)–नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले संसारभरका पर्यटकलाई साहसिक पर्यटन खेलकुद गतिविधि गर्न नेपाल उत्कृष्ट गन्तव्य भएको जानकारी दिए ।

उनका अनुसार पदयात्रा (ट्रेकिङ), पर्वतारोहण, ¥याफ्टिङ, कायाकिङ, प्याराग्लाइडिङ, अल्ट्रालाइट उडान, स्काइ डाइभिङ, बन्जी जम्पिङ, माउन्टेन बाइकिङ, जिपलाइनिङ, जंगल सफारी लगायत साहसिक पर्यटन खेल गतिविधिका लागि नेपाल सधैं आकर्षक गन्तव्य रहँदै आएको छ । अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, पोल्यान्ड, अस्ट्रेलिया, न्युजिल्यान्ड लगायत देशका साहसिक पर्यटकका लागि नेपाल रोजाइको गन्तव्य हो ।
एक्स्पोमा पाटासहित नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा निजी पर्यटन कम्पनीहरू एडभेन्चर आउटडोर टे«क्स एन्ड एक्सपिडिसन्स, एभरेस्ट समित लजेज, हाइ ग्राउन्ड एडभेन्चर्स नेपाल, हिमालया कैलास ट्राभल्स एन्ड टुर्स, हिमालयन होलिडेज ट्रेकिङ, इन्सेन्टिभ होलिडेज र नेपाल स्यांकचुअरी ट्रेक्स सहभागी थिए ।

एक्स्पोमा नेपालबारे आयोजित कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, पाटा–नेपाल च्याप्टरका अध्यक्ष शाक्य, नेपाल रिभर कन्जर्भेसन ट्रस्टका संस्थापक अध्यक्ष मेघ आले, च्याप्टरका उपाध्यक्ष विभू ठाकुरलगायतको उपस्थिति थियो ।एक्स्पोमा भारतका पूर्वक्रिकेट खेलाडी कपिल देव, अमेरिकाको एडभेन्चर ट्राभल एन्ड टुरिज्म एसोसिएसनका अध्यक्ष स्यानन् स्टोवेल, भारतका साहसिक पर्यटन अगुवा अजित बजाजलगायत सहभागी थिए ।

प्रकाशित: १८ माघ २०७४ ०२:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App