coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

छमछमीबाट बाहिरिए एलेक्स

काठमाडौं – नेपाल टेलिभिजनको डान्स रियालिटी शो ‘रियो छमछमी ३’ बाट यो साता दाङका एलेक्स विक बाहिरिएका छन् । कोहलपुरको अडिसनबाट काठमाडौंको मेगा अडिसन हुँदै हरेक प्रस्तुतिमा राम्रो प्रस्तुति दिँदै आएका उनले यो साता भने दर्शकबाट राम्रो मत पाउन सकेनन् । उनलाई शोमा सहयात्रीहरुले ‘चटपटे हिरो’को उपनाम पनि दिएका थिए ।

कार्यक्रमकी प्रमुख आकर्षणका रुपमा रहेकी नायिका तथा निर्मात्री स्वेता खड्काले भविष्यमा आफूले बनाउने अन्य फिल्ममा कलाकारको रुपमा भूमिका दिने घोषणा गरिन् । कार्यक्रमबाट विदा हुनुअघि एलेक्सले कोरियोग्राफर र निर्णायकसहित आयोजकलाई धन्यवाद दिँदै भविष्यको यात्रामा आफ्नो नृत्य गर्ने काम नछोड्ने बताए । शोबाट बाहिरिंदै गर्दा एलेक्सले एलजीको ३२ इन्चको स्मार्ट टिभी पुरस्कारको रुपमा पाए ।
यसपटकको शोमा सुनसरी, धरानकी मनिता राईले सबैभन्दा बढी भोट पाएका आधारमा चौधरी ग्रुपको तर्फबाट विशेष गिफ्ट ह्याम्पर पाइन् ।

प्रतियोगिताको फिनालेका लागि अब शोमा सुनसरीबाट झापा बस्दै आएकी केबिका खत्री, सुनसरीकी मनिता राई, मकवानपुरका सरोज प्रजा, सुर्खेतका शेखर घर्ती मगर र रामेछापकी रबिता मगर गरी ५ जना छानिएका छन् ।  शोमा प्रथम हुनेले डाट्सनको रेडी गो कार, द्वितीय हुनेले ५ लाख बराबरको  एलजी होम एपलाइन्सेस, तृतीय हुनेले ३ लाख बराबरको  एलजी होम एपलाइन्सेस र टप १० भित्र स्थान बनाउने अन्य ७ जना प्रत्येकले ३२ इन्चको एलजी स्मार्ट टिभी पुरस्कार स्वरुप प्राप्त गर्नेछन् ।
 

प्रकाशित: १८ माघ २०७४ ०३:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App