१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

तबला बजाउदै सोनम कपुर

मुम्बई – फ्रेबअरीमा रिलिज हुन लागेको अक्षय कुमार स्टार चलचित्र ‘प्याडम्यान’मा अभिनेत्री सोनम कपुरले तबला बजाइरहेको देख्न सकिन्छ।

भारतका अरुणाञ्चलम् मुरुगनन्तम् जसले आफ्नो गाउँको लागि थोरै लागतमा स्यानटरी प्याड उत्पादन गरेर बेचेका थिए। उनकै जीवनमा आधारित भएर तयार पारिएको फिल्ममा अक्षय कुमार, सोनम कपुरसहित राधिका आप्टेको पनि अभिनय रहेको छ।

फिल्ममा सोनम कपुर एक सामाजिक अभियान्ताको रुपमा देखिने बताइएको छ। उनले चलचित्रमा तबला बजाइरहेको तस्विर आफ्नो इन्स्टाग्राममा सेयर गर्दै भनेकी छिन्, ‘प्रत्येक चलचित्रले मलाइ केही न केही सिक्ने अवसर दिएको छ।’

उनको तस्विरमा पिता एंव बलिउड अभिनेता अनिल कपुरले कमेन्ट गरेका छन्, ‘तिमीले तबला बजाइरहेको तस्विर ज्यादै मायालु छ। मेरो विचारमा बलिउड इतिहासमा नै हिरोइनको यो नयाँ रुप हो। यदि म गलत छु भने सच्याइदिनु।’

प्रकाशित: १८ माघ २०७४ ११:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App