१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दश करोड कर नतिर्ने बसरुद्दीनले महानगरलाई डेढ करोडको गाडी दिने

वीरगन्ज – वीरगन्ज महानगपालिका कार्यालयमा १० करोड रूपैयाँ कर नतिर्ने नेकपा एमालेमा आबद्ध व्यवसायी बसरुद्दीन अन्सारीले प्रदेश राजधानीलाई एक करोड ६५ लाखको गाडी उपहार दिने घोषणा गरेका छन्। अन्सारीले वीरगन्जलाई प्रदेश दुईको राजधानी बनाए गाडी उपहार दिने घोषणा गरेका हुन्। 

वीरगन्ज भेंडियाहीस्थित नेशनल मेडिकल कलेजको प्रबन्ध निर्देशक रहेका उनले एकातिर वीरगन्ज महानगरको ठुलो रकमको कर बक्यौता राखेका छन् भने अर्कोतिर आफूलाई यस सहरको पक्षधर देखाउँदै गाडी उपहार दिने घोषणा गरेका छन्। उनको यो घोषणा अहिले महानगरपालिकामा चर्चाको विषय बनेको छ। ‘वीरगन्जलाई राजधानी घोषणा गरिएको खण्डमा उक्त गाडी प्रदान गर्ने गर्ने छौं’ अन्सारीले नागरिकसंग भने, ‘वीरगन्ज राजधानी संघर्ष समितिको तर्फबाट हामीले मुख्य मन्त्रीलाई चढ्नका लागि गाडी दिने हो।’ 

संबिधान सभाको निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ बाट पराजित अन्सारीलाई गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेले वीरगन्ज महानगरको मेयरको उम्मेदवार बनाएको थियो। एमालेले अन्सारीलाई महानगरको मेयरको उम्मेदवार बनाउँदै पार्टी प्रवेश गराएको थियो। डा. गोविन्द केसीको सत्याग्रहलाई बेवास्ता गर्दै काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन स्वीकृत भएपछि अन्सारी एमाले प्रवेश गर्नुमा व्यक्तिगत स्वार्थ रहेको पुष्टि भएको थियो। उनले एमालेको लविङबाट वीरगन्ज नेशनल मेडिकल  कलेज सञ्चालनका लागि सम्वन्धन पाएका थिए। कलेजको कर बक्यौता प्रकरणले बेलाबेलामा चर्चा पाउने गरेपनि अन्सारीले उक्त कर निर्धारणलाई बेठिक भन्दै कर तिरिरहेका छैनन्। 

अन्सारीले आफुले कर तिरिसकेकाले बक्यौता भए महानगरपालिकालाई दावी गर्न चुनौती दिए। ‘कार्यालयको रेकर्ड अनुसार नेशनल मेडिकल कलेजउपर करिब १० करोड रुपैया राजश्व बक्यौता देखिन्छ,’ वीरगन्ज महानगरपालिकाका राजश्व माहाशाखा प्रमुख मनोज कर्णले भने, ‘यस कार्यालयले गरेको कर निर्धाणलाई अन्सारीले मानेका छैनन्।’ उनले कि अन्सारीले कर तिर्नुपर्ने नभए अदालत गएर छिनोफानो गर्नुपर्ने बताए। 

प्रकाशित: २० माघ २०७४ १५:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App