अब रगत निःशुल्क हुनुपर्छ – नेता थापा

शनिबार, २० माघ २०७४, २२ : १७ नागरिक


धुलिखेल – पूर्व स्वाथ्यमन्त्री एवं नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले विरामीले निःशुल्क रुपमा रगत पाउने व्यवस्था हुनुपर्ने बताएका छन्। 

बनेपामा आयोजित रक्तदाता सम्मान कार्यक्रममा बोल्दै उनले दान गर्नेले निःशुल्क रुपमा गरेको हुँदा पाउनेले पनि निःशुल्क रुपमा पाउने व्यवस्था गनुपर्ने बताए। त्यसका लागि रगत सुरक्षित गर्ने, गुणस्तर र व्यवस्थित गर्ने काममा लाग्ने खर्चका लागि रेडक्रस र मन्त्रालयले विकल्प खोज्नुपर्ने उनले सुझाव दिए । 

‘मैले स्वास्थ्य मन्त्री हुँदा त्यस विषयमा रेडक्रससँग छलफलको प्रक्रिया अगाडि बढाइसकेको थिएँ, आशा छ अब बन्ने नयाँ सरकारले पनि त्यस विषयमा छलफल अगाडि बढाएर नयाँ नीति ल्याउनेछ’, थापाले भने।

सो अवसरमा उनले प्रत्येक नागरिकले स्वास्थ्य बिमा गर्ने व्यवस्थालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए। ‘आफ्नो वार्षिक आम्दानीको आधारमा स्वास्थ्य बिमा गर्ने र आम्दानी नै नभएकाहरुका लागि सरकारले नै स्वास्थ्य बिमा गर्ने व्यवस्था गर्नुपर्छ’, उनले भने। 






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि भारत लगियो

राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि भारत लगियो

राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई आज थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको छ। ...

रणवीर र आलिया प्रेममा

रणवीर र आलिया प्रेममा

बलिउडमा पछिल्लो समय रणवीर कपुर र आलिया भट्टको डेटिङको चर्चा छ। दुबैका परिवारबीच भइरहेको सन्देश आदान प्रदानले आलिया कपुर खान्दानको...

राजेश हमालले भेटे राष्ट्रकवि

राजेश हमालले भेटे राष्ट्रकवि

महानायक राजेश हमालले राष्ट्रकवि माधव प्रसाद घिमिरेसँग भेट गरेका छन्। हमालले आन्तरिक रक्तश्राव भई ग्राण्डी अस्पतालमा उपचाररत राष्ट्रकवि घिमिरेलाई मंगलबार धापासीस्थित...

नायिका निता ढुंगानासहित ४ सम्मानित

नायिका निता ढुंगानासहित ४ सम्मानित

नेपाली फिल्मकी नायिका निता ढुंगाना चलचित्र पत्रकारिता दिवसको अवसरमा गृहनगर हेटौंडामा सम्मानित भएकी छिन्। चलचित्र पत्रकार संघ मकवानपुरले उनीसहित २...