coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

सलमान खानको सबैभन्दा महंगो फिल्म आउँदै

मुम्बई – बलिउड अभिनेता सलमान खान ‘टाइगर जिन्दा हे’ पछि अर्को ब्लकवस्टर फिल्म लिएर आउँदैछन्। उनले अभिनय गरेका फिल्महरुमध्ये यो फिल्मको खर्च अहिलेसम्मकै धेरै हुने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

‘सुल्तान’ र ‘टाइगर जिन्दा हे’ मा सँगै काम गरिसकेपछि निर्देशक अलि अब्बासले आफ्नो नयाँ फिल्म ‘भारत’को लागि सलमानलाई रोजेका हुन्। २ सय करोड अनुमानित लागत रहेको फिल्ममा सलमानलाई पाँच फरक फरक लुक्समा देख्न पाइने छ। फिल्ममा सलमान १७ वर्षीय किशोरदेखि ७० वर्षीय वृद्धसम्मको भुमिकामा देखिन लागेका हुन्। यसको लागि पनि फिल्ममा ग्राफिक्स तथा भिएफएक्सको प्रयोग धेरै हुने भएकाले लागत खर्च पनि धेरै हुने बताइएको छ।

बलिउडमा सबैभन्दा महंगो फिल्म रजनीकान्त र अक्षय कुमारको ‘२.०’ प्रदर्शनमा आउने तयारीमा छ। जसको बजेट ४५० करोड रहेको छ। त्यस्तै ‘बाघी’ स्टार टाइगर श्राफको आउन लागेको ‘बाघी–२’ को बजेट पनि उनी अभिनित अहिलेसम्मकै महंगो फिल्म हुने कुरा बताइएको छ।

किंग खान शाहरुखको आउन लागेको फिल्म ‘जिरो’को लागत खर्च १८० करोड रहेको छ। अमिताभ र आमिर खानको ‘ठग्स अफ हिन्दुस्तान’को बजेट २१० करोड हुने उल्लेख छ। 

प्रकाशित: २३ माघ २०७४ १२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App