जापानी राजकुमारीको विहे स-यो

मङ्गलबार, २३ माघ २०७४, २२ : १५ एजेन्सी


टोकियो – जापानी राजकुमारी माको तथा केइ कुमुरोबीच अर्को महिना हुने भनिएको विवाहपूर्वको औपचारिक कार्यक्रमलाई प्रशस्त तयारी नपुगेको भनी आगामी दुई बर्षपछि गर्नेगरी सारिएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार जनाएका छन्। 

सम्राट अकिहितोकी सबैभन्दा जेठी नातिनी २६ बर्षीय माको र कुमुरोको यही मार्चमा परम्परागत अदालती समारोहकाबीच अनुबन्ध हुने र नोभेम्बर ४ मा विवाह गर्ने तयारी रहेको थियो। 

हामी दुवैजनाको विवाहका लागि प्रशस्त तयारी नपुगेकाले अर्को मितिमा गर्नेगरी हाललाई वैवाहिक कार्यक्रम स्थगित गरिएको छ, राजकुमारी माकोद्वारा जारी विज्ञप्तिलाई उद्धृतगरी जापानी सञ्चारमाध्यम जिजीले लेखेको छ। 

उक्त जोडीले आफ्नो विवाह सार्ने निर्णबार यस अघि नै जापानी सम्राट तथा उनको परिवारलाई जानकारी गराइसकेको र विवाह आगामी सन् २०२० मा गरिने बताइएको छ। 

अर्कोबर्ष जापानी सम्राट अकिहितोले उमेर र स्वास्थ्यको कारण देखाउँदै आगामी बर्ष गद्दि छोड्ने निर्णय रहेको र उक्त कार्यक्रममा परिवारिक व्यस्तताका कारण विवाहलाई दुई बर्ष पछि सारिएको जिजीले उल्लेख गरेको छ। 

राजकुमारी माकोले विज्ञप्तिमा भनेकी छन, ‘हाम्रो विवाहको तयारीमा जुट्नुभएका सबैसँग विवाह सार्दा परेको समस्याप्रति क्षमाप्रार्थी छु।’ 






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

जापानी फिल्म कान्समा उत्कृष्ट

जापानी फिल्म कान्समा उत्कृष्ट

गरिबीको चेपटामा जीवनयापन गर्दै आएको एक परिवारको कथा समेटिएको जापानी फिल्म ‘सपलिफ्टर्स’ले कान्सको ७१ औं संस्करणमा उत्कृष्ट फिल्मले पाउने ‘पाम...

लोक गायन प्रतियोगितामा पर्शुराम पहिलो

लोक गायन प्रतियोगितामा पर्शुराम पहिलो

खोटाङ सदरमुकाम दिक्तेलमा आयोजित खुला लोकगीत गायन प्रतियोगीतामा पर्शुराम गजमेर प्रथम भएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको...

ज्योतिमा कवितावाचन

ज्योति साहित्य प्रतिष्ठानको १ सय ४१ औं कविता वाचन श्रृंखला राजधानीमा सम्पन्न भएको छ । डा. रामदयाल राकेशको प्रमुख आतिथ्यतामा...

वैवाहिक समारोहमा किन रोए ह्यारी ?

वैवाहिक समारोहमा किन रोए ह्यारी ?

बेलायतका राजकुमार ह्यारीले शनिबार अमेरिकी पूर्वअभिनेत्री मेगन मार्कलसँग विहे गरे। विहे गर्दा उनी खुसी हुनुपर्ने हो, तर केही भावुक देखिए।