८ वैशाख २०८१ शनिबार
कला

स्रष्टा भए साहित्यदूत

काठमाडौं – विश्व नेपाली साहित्य महासंघले नेपाली साहित्यका प्रभावशाली व्यक्तित्वहरूलाई साहित्य दूत सम्मान २०१८ घोषणा गरेको छ । नेपाली साहित्य सिर्जनामा अनवरत रूपमा सक्रिय विभिन्न देशका उत्कृष्ट ८ साहित्यकारलाई साहित्यदूत घोषणा गरिएको हो ।

महासंघले नेपाली साहित्यदूत सगरमाथा प्रोफेसर तुलसी दिवस (नेपाल), नेपाली साहित्यदूत कञ्चनजंघा टंकप्रसाद न्यौपाने (नेपाल), नेपाली साहित्यदूत लोत्से मनप्रसाद सुब्बा (भारत), नेपाली साहित्यदूत मकालु टेकनारायण रिमाल (म्यानमार), नेपाली साहित्यदूत चोयो भक्त घिमिरे (भुटान–अमेरिका), नेपाली साहित्यदूत धौलागिरी अन्नपूर्ण लक्ष्मी राई (लारा, युके), नेपाली साहित्यदूत मनास्लु ठाकुरप्रसाद गुरागाईं (म्यानमार), नेपाली साहित्यदूत भीम विरही (भारत) लाई घोषणा गरेको हो ।

सम्मानित स्रष्टालाई ताम्रपत्रसहित सम्मान अर्पण गरिनेछ । यसअघि सन् २०१४ मा पहिलो पटक साहित्य महासघंले साहित्यदूत सम्मान घोषणा गरेको थियो ।
 

प्रकाशित: २४ माघ २०७४ ०३:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App