७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

सङकटकाल घोषणा फिर्ता गर : राष्ट्रसंघ

संयुक्त राज्य अमेरिका -  संयुक्त राष्ट्रसंघले मालदिभ्समा जारी गरिएको सङ्कटकाल घोषणालाई फिर्ता गरी सम्पूर्ण नागरिकको सुरक्षाको प्रत्याभूत गर्न मालदिभ्स सरकारसँग आग्रह गरेको छ ।

राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेर्रेसले मालदिभ्सको सङ्कटकाल समस्याको समाधान होइन भन्दै मालदिभ्समा विकसित पछिल्लोस्थितिले राष्ट्रसंघको ध्यानाकर्षण गरेको बताए । उनले देशको सर्वोच्च अदालतबाट सुरक्षाकर्मी हटाउन पनि आग्रह गरे ।

सम्पूर्ण नागरिकको सुरक्षालाई प्रत्याभूत गर्नु र पक्राउ परेका प्रधान न्यायाधीशको रिहाई गर्नु कानूनी शासनको सम्मान गर्नु भएकाे राष्ट्रसंघका महासचिवले बताए।

मालदिभ्सको राजधानी मालेमा प्रतिपक्षी दलका नेता तथा कार्यकर्ता र त्यहाँको राष्ट्रपतिका कामप्रति असन्तुष्ट सर्वसाधारणले नेतृत्व परिवर्तनका लागि गर्दै आएको आन्दोलनलाई सोमबार पनि निरन्तरता दिएपछि सरकारले स्थितिलाई नियन्त्रणबाहिर जान नदिन सङ्कटकालको घोषणा गरेको हो ।

राष्ट्रपति अब्दुल्लाह यमिन अब्दुल गयूमको राजिनामा माग गर्दै जारी प्रदर्शनबाट हुनसक्ने सम्भावित दुर्घटना जोगाउन भन्दै शहरका मुख्यमुख्य भूभाग, संसद तथा सर्वोच्च अदालतमा ठूलो सङ्ख्यामा प्रहरी तथा सेनालाई तैनाथ गरिएको छ ।

प्रदर्शनकारी तथा प्रतिपक्षी दलले राष्ट्रप्रमुखको सर्वोच्च पदमा रहेका राष्ट्रपति यमिनले पुनरावेदन अदालतको आदेशलाई नमानेको भन्दै सत्तामा बसिरहन अयोग्य भन्दै प्रदर्शनलाई क्रमशः कडा बनाउदै लगेपछि सरकारले व्यापक सुरक्षाकर्मीलाई परिचालित गरेको थियो । आन्दोलनकारीले सरकारको दमनलाई तोड्दै प्रदर्शनमा सरीक भएपछि अन्ततः सोमबार सङ्कटकालको घोषणा गरेको हो । रासस
 

प्रकाशित: २४ माघ २०७४ ०६:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App