७ वैशाख २०८१ शुक्रबार
कला

प्रियंका हलिउड अभिनेताको प्रेममा

मुम्बई – भ्यालेन्टाइन वीक आजबाट शुरु भइसकेको छ। भ्यालेनटाइन वीकको पहिलो दिन रोज डे अर्थात गुलाब दिएर आफ्नो प्रेम प्रस्ताव राख्ने दिन। 

आजकै दिन बलिउडबाट हलिउडमा आफ्नो प्रभुत्व जमाउदै गरेकी अभिनेत्री प्रियंका चोपडाले आफू हलिउड अभिनेतासँग प्रेममा परेको खुलासा गरेकी छन्। उनले आफू ‘क्वान्टिको’ टेलि सिरियलका को स्टार एलन पावेलसँग एक वर्षअघि सम्म प्रेममा रहेकी खुलासा गरेकी हुन्। 

प्रियंकाले फिल्मफेयरमा एक अन्तर्वार्ता दिंदै भनिन्– ‘म एकदमै सिरियस सम्बन्धमा थिए तर गएको एक वर्षदेखि म सिंगल नै छु। त्यस बीचमा म धेरै मानिसहरुसँग सम्पर्कमा रहे तर कतैपनि मेरो मन गएन। मलाई धेरै मानिसले ध्यानमा राखे तर मलाइ थाहा थियो मैले के गर्नुपर्छ भन्ने किनकी म एक केटी थिए।’ 

विहे कहिलेपनि योजना अनुसार नहुने र यसको लागि आफैले आफ्नो लागि सहि व्यक्ति चुन्न सक्नुपर्ने बताउंदै मिस्टर राइट फेला परेको अवस्थामा तत्काल विहे गर्ने उनको योजना छ।

प्रियंकाको बलिउडमा धेरै अभिनेतासँग नाम जोडिएको थियो। त्यसमध्ये सन् २००६ मा आएको फिल्म ‘डन’मा उनको सम्बन्ध शाहरुख खानसँग पनि थियो। 

प्रकाशित: २४ माघ २०७४ ११:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App