coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा निर्वाचन : प्रदेश ७ मा मतगणना शुरु

डोटी – राष्ट्रिय सभा निर्वाचन अन्तर्गत ७ नम्बर प्रदेशमा मतगणना शुरु भएको छ। डोटी जिल्ला अदालतमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मतगणना शुरु भएको हो। अहिले पौने पाँच बजेदेखि मतगणना शुरु भएको छ। मतपरिणाम ढिलोमा दुईघण्टा भित्रै आईसक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

कुल ८ जनामध्ये दुईजना सांसदका लागि मतदान भएको हो। जसमा दलित कोटामा बाम गठबन्धनका तर्फबाट नेकपा एमालेका चक्रप्रसाद स्नेही र नेपाली कांग्रेसका शेरीराम पार्की प्रतिस्पर्धामा छन्। अल्पसंख्यक÷अपांग कोटामा बाम गठबन्धनका तर्फबाट नेकपा माओबादी केन्द्रका महेश कुमार महरा र नेपाली कांग्रेसका छत्रराज जोशी प्रतिस्पर्धामा छन्। 

६ जना उम्मेदवार भने निर्विरोध निर्वाचित भैसकेका छन्। खुल्ला र महिला कोटामा तीन÷तीन जना उम्मेदवार निर्वाचित भएका हुन्। 

खुल्ला तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री प्रसाद पाण्डे, नेकपा एमाले अछामका अध्यक्ष शेरबहादुर कुँवर र नेकपा माओबादी केन्द्रका हरेराम चौधरी तथा महिलातर्फ नेकपा एमालेका कमला ओली, एमालेकै ईन्दु कडरिया र नेपाली कांग्रेसकी तारादेबी भट्ट निर्वाचित भएका हुन्।  

मतदान भएका बाँकी समूहमा पनि बाम गठन्धनकै उम्मेदवार जित्ने सम्भावना छ। बाम गठबन्धनका पक्षमा फराकिलो मतभार छ। नेकपा एमालेसंग एक्लै दुई हजार ६ सय ९४ मतभार छ। जसमा माओबादी केन्द्रको नौ सय ९४ मतभार जोडेर तीन हजार ६ सय ९० मतभार रहँदा नेपाली कांग्रेससंग एक हजार आठ सय ७२ मतभार मात्रै छ। 

आजै बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चलेको मतदानमा राष्ट्रिय जनता पार्टीका दुईजना सांसद बाहेक सबै मत खसेको छ। राष्ट्रिय जनता पार्टीका प्रदेश सभा सांसद कृष्ण बहादुर चौधरी र मालमती राना थारुले मतदान गरेका छैनन्। 

दुबै जनाले आफ्नो पार्टीको उम्मेदवार पनि नरहेको र अन्य पार्टीका उम्मेदवारहरुले भोट पनि नमागेका कारण मतदान गर्न नआएको बताएका छन्। ‘हामीसंग कसैले भोट पनि मागेनन् । अनि मतदान गर्न आएका होईनौ,’ सांसद मालमतीले भनिन्। 

७ नम्बर प्रदेशमा ८८ स्थानीय तहका एक सय ७६ जना नगरप्रमुख÷उपप्रमुख तथा गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष र ५३ जना प्रदेश सभाका सांसद गरी कुल दुई सय २९ जना मतदाता रहेका छन्। 

प्रकाशित: २४ माघ २०७४ ११:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App