क्यासिनोको गेटमा प्रहरी उभिएपछि पर्यटक त्रसित

बिहिबार, २५ माघ २०७४, ०८ : ४७ नागरिक


काठमाडौैं  – राजधानीको लाजिम्पाटस्थित पाँचतारे होटल सांग्रिला परिसरमा विदेशी लगानीमा सञ्चालित क्यासिनो ‘द मिलेनायर्स क्लब एन्ड क्यासिनो’ मूलगेटमा प्रहरीले बिनाकारण पहरा दिएपछि क्यासिनो खेल्न आउने पर्यटक त्रसित भएका छन् ।

केही दिनदेखि नेपाल प्रहरीको एक टोली क्यासिनो मिलेनायर्सको गेटमा बस्दै आएको छ । कुनै दिन प्रहरी निरीक्षक र कुनै दिन हबलदारको कमान्डमा प्रहरी टोली गेटमा पहरा दिन थालेपछि क्यासिनोमा खेल्न आउने पर्यटक आत्तिएको व्यवस्थापनले जनाएको छ ।

‘विदेशी लगानीको मात्र नभई विदेशी पर्यटकमात्र प्रवेश गरी खेल्न पाउने क्यासिनोका गेटमा प्रहरी उभिएपछि पर्यटकले के बुझ्छन् ?,’ क्यासिनो मिलेनायर्सको लगानीकर्ता अस्ट्रेलियास्थित बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज ग्रुपको नेपाली साझेदार कम्पनी सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रालिका कार्यकारी अध्यक्ष राजेन्द्र बजगाईंले बुधबार नागरिकसँग भने, ‘गेटमा उभिएका प्रहरीलाई कसले र के कारण पठायो भन्दा माथिको आदेश भन्छन् । हामी अचम्भित छौं ।’

विदेशी पर्यटक आकर्षित गर्ने क्यासिनोको गेटमा बिनाकारण प्रहरी उभिएपछि पर्यटक क्यासिनो प्रवेश गर्न हिच्किचाइरहेको बजगाईंले बताए । यसबाट विदेशी लगानी निरुत्साहित हुने उनले बताए ।
त्यसैगरी सिल्भर हेरिटेज ग्रुपको नेपालका लागि प्रमुख कार्यकारी अधिकृत माइक बोल्सोभरले भैरहवामा सञ्चालित पाँचतारे स्तरको रिसोर्ट ‘द टाइगर प्यालेस’ र क्यासिनो मिलेनायर्समा बढीभन्दा बढी विदेशी कर्मचारी नियुक्त गर्न खोजेपछि नेपाली साझेदार बजगाईंसँग ‘विवाद’ उत्पन्न भएको छ ।

‘चालीसजना विदेशी कर्मचारीले जति तलब खान्छन् त्यो भनेको ७ सय नेपाली कर्मचारीको एकमुष्ठ तलबबराबर हुने गर्छ,’ मिलेनायर्सका एक अधिकारीले भने, ‘त्यही भएर नेपाली साझेदार कम्पनीले सकेसम्म नेपाली कर्मचारी नै रोजगारी दिन बल गरे पनि विदेशी कम्पनीले टार्दै आएको छ ।’ती अधिकारीका अनुसार विदेशी लगानी ल्याउने, प्रहरी, प्रशासनदेखि सम्बद्ध निकायसँग मात्र नभई विदेशी कर्मचारीको जबर्जस्तीविरुद्ध भिड्ने नेपाली कम्पनीका साझेदार बजगाईंको गुनासोप्रति विदेशी लगानीकर्ता कम्पनीले बेवास्ता गर्दै आएको छ ।
   
 






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

लघु चलचित्र ‘अटुट नाता’ उत्कृष्ट

नेपाली सेनाले आयोजना गरेको लघु चलचित्र प्रतियोगिता २०७४ मा लघु चलचित्र ‘अटुट नाता’ उत्कृष्ट भएको छ । दिप पौडेलले निर्माण...

सलमानपछि ऋतिकसँग दिशा

सलमानपछि ऋतिकसँग दिशा

क्रिकेटर महेन्द्रसिंह धोनीको गर्लफ्रेन्डको रुपमा दुई वर्षअघि दिशा पटानीले बलिउडमा अभिनय यात्रा सुरु गरेकी थिइन् । धोनीको जीवनीमा बनेको ‘एम.एस....

‘आतुङ’ लिएर आइन् अनिता

‘आतुङ’ लिएर आइन् अनिता

कवि अनिता लामा तेस्रो कविता संग्रह ‘आतुङ’ लिएर आएकी छन । काभ्रेको तेमाल मेच्छेमा जन्मेकी अनिताको यो तेस्रो कृति हो...

प्रधानमन्त्रीले भेटे राष्ट्रकवि घिमिरेलाई, उपचार खर्च सरकारले व्यहोर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताएका छन्। ...