चीन जोड्ने कोरला नाका खुलाउन पहल

बिहिबार, २५ माघ २०७४, १५ : ०८ नागरिक


मुस्ताङ – कोरला नाका सञ्चालनका लागि चीन र नेपाल सरकारले पूर्वाधार निर्माणलाई तीव्रता दिनुका साथै कूटनीतिक पहल थालेका छन्। 

कोरला नाका सञ्चालनका लागि पहुँच मार्ग निर्माणसँगै सुरक्षा निकायको क्याम्प खडा गर्ने तयारी गरिएको छ। कोरला नाका नजिकै पर्ने नेचुङ भन्सार कार्यालय यसअघिनै सञ्चालनमा आइसकेको छ भने चिनियाँ सरकारले नाका आसपासमा करिब पाँचतले भवन निर्माण गरिसकेको छ। 

सन् २०१७ अक्टोबरमा चिनियाँ राजदूत यु हाङले औपचारिक रुपमा कोरला नाकाको भ्रमण गरेकी थिइन् । मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत कोरला नाका जोड्ने पहुँचमार्गको स्तरवृद्धिको काम तीव्ररुपमा अघि बढेकोे जानकारी दिए । उनले उक्त नाका शीघ्र खुलाउन पहल भइरहेको बताए। 

जोमसोमदेखि ११० किलोमिटर उत्तरतर्फ अवस्थित कोरला नाकामा सहजरुपमा यातायातको पहुँच पु-याउन आयोजनामार्फत पाँचवटा प्याकेजमा दुई लेनको ग्राभेल सडक बनाउने काम भइरहेको छ। करिब ४० प्रतिशत काम सकिएको छ। बेनी–जोमसोम सडकखण्ड निर्माण गर्न टेण्डर आह्वान भइसकेको छ भने केही क्षेत्रमा निर्माण तीव्ररुपमा भइरहेको छ। 

कालीगण्डकी कोरिडोर भारत र चीन जोड्ने नेपालकै सबैभन्दा छोटो सडक मार्ग हो। कोरला नाकालाई लक्ष्य गरेर सरकारले सीमा प्रहरी चौकी र प्रशासन कार्यालय स्थापना गरिसकेको छ। लोमान्थाङ गाउँपालिकाको छोसेरमा नेचुङ भन्सार कार्यालय विसं २०७३ असारमा २१ वर्षपछि पुनःस्थापना भएको हो। नेपाली सेना, सशस्त्र प्रहरीको क्याम्प तथा अध्यागमन कार्यालय स्थापनाका लागि जग्गा प्राप्त भइसकेको छ। 

लोमान्थाङदेखि कोरला नाकातर्फ जाने बाटोमा करिब पाँच किलोमिटर उत्तरतर्फ सेनाको क्याम्प राख्न २०० रोपनी जग्गा उपलब्ध भएको र सो ठाउँमा सेनाले भवन निर्माण शुरु गरिसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए। कोरलादेखि तिब्बतको मुख्य राजमार्गको बजार क्षेत्र ढुङ्वासेन ४५ किलोमिटर टाढा रहेको छ। 






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

लघु चलचित्र ‘अटुट नाता’ उत्कृष्ट

नेपाली सेनाले आयोजना गरेको लघु चलचित्र प्रतियोगिता २०७४ मा लघु चलचित्र ‘अटुट नाता’ उत्कृष्ट भएको छ । दिप पौडेलले निर्माण...

सलमानपछि ऋतिकसँग दिशा

सलमानपछि ऋतिकसँग दिशा

क्रिकेटर महेन्द्रसिंह धोनीको गर्लफ्रेन्डको रुपमा दुई वर्षअघि दिशा पटानीले बलिउडमा अभिनय यात्रा सुरु गरेकी थिइन् । धोनीको जीवनीमा बनेको ‘एम.एस....

‘आतुङ’ लिएर आइन् अनिता

‘आतुङ’ लिएर आइन् अनिता

कवि अनिता लामा तेस्रो कविता संग्रह ‘आतुङ’ लिएर आएकी छन । काभ्रेको तेमाल मेच्छेमा जन्मेकी अनिताको यो तेस्रो कृति हो...

प्रधानमन्त्रीले भेटे राष्ट्रकवि घिमिरेलाई, उपचार खर्च सरकारले व्यहोर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताएका छन्। ...