६ वैशाख २०८१ बिहीबार
कला

एञ्जल ‘मिस राई’

मिस राईकी बिजेता एञ्जल राई लगायत । तस्बिर : सार्वजनिक डटकम

खोटाङ– यहाँ भएको छैटौं संस्करणको ‘मिस राई २०१८’को उपाधि खोटाङकी एञ्जल राईले जितेकी छन् । गत बुधबार सम्पन्न फिनालेमा खोटाङको ऐसेलुखर्क गाउँपालिका–७ माक्पाकी एञ्जलले शीर्ष उपाधि हात पारेकी हुन् ।

हाल काठमाडौं कपन बसेर विज्ञान विषयमा कक्षा १२ मा अध्ययनरत एञ्जलले भोटिङ तथा पर्फमेन्सका आधारमा सौन्दर्य प्रतियोगितामा अन्य प्रतिष्पर्धीलाई उछिनेकी हुन् । उनले टप ६ मा परेका अन्य प्रतिष्पर्धीलाई पछि पारेकी हुन् ।मंसिर दोस्रो साता आवेदन आव्हान गरिएको प्रतियोगिताको ‘फस्ट रनरअप’, ‘सेकेण्ड रनरअप’ र ‘थर्ड रनरअप’ क्रमशः प्रभा राई, श्रद्धा राई र पवित्रा राईले पोल्टामा पारे । किराँतीको नयाँवर्ष यलेदोङ ५०७८ को अवसरमा किराँत राई मौलिक कला संस्कृति केन्द्रले आयोजना गरेको हो ।

 

प्रकाशित: २६ माघ २०७४ ०१:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App