७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रगति समीक्षा गरी थप कार्यभार ताेकिने

काठमाडौं – नेकपा एमाले र माओवादी केन्द्रबीच हुन गइरहेको पार्टी एकीकरण प्रक्रियाको प्रगतिको आन्तरिक समीक्षा गरी थप कार्यभार तय गरिने भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको ‘वान टु वान’ वार्तापछि एकीकरण प्रक्रिया अघि बढाउनका लागि थप कार्यभार तय गर्ने सहमति भएको हो । त्यसका लागि विभिन्न कार्यदल बनाउने सहमतिसमेत भएको छ।

‘पार्टी एकता सबन्धमा प्रक्रिया र अन्य विषयमा एकता संयोजन समितिमा थप छलफल गर्ने विषयमा उहाँहरूबीच कुराकानी भएको छ, आजको छलफलअनुसार भोलि एकता संयोजन समितिको बैठक बस्नेछ,’ दाहालको सचिवालयले भनेको छ, ‘समितिले एकता प्रक्रियामा भएको प्रगति समीक्षा गरी आगामी कार्यभार छलफल गर्नेछ ।’ उक्त बैठकमा दुवै पार्टीका शिर्ष नेताको उपस्थीति रहने छ।

पार्टी एकीकरण हुन्छ, यसमा शंका गर्ने ठाउँ छैन तर पार्टी एकीकरण प्रक्रियाबारेमा अध्यक्षद्वयबाहेक अन्यलाई जानकारी छैन।

प्रदेश सभाको पहिलो बैठक र राष्ट्रिय सभाका निर्वाचन सम्पन्न भए लगत्तै एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहाल विचमा उक्त छलफल भएको हो । बाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचनमा जीत हासिल गरे जस्तै सहजै रुपमा प्रदेश मुख्यमन्त्री, सभामुख र उपसभामुखमा पनि भागवन्डा लगाईसकेका छन् । निर्वाचन अघि ६०–४० को भागवन्डा गरेर प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा गए पनि त्यसको परिणाम पछि भने ७०–३० को अनुपातमा राष्ट्रियसभा निर्वाचनमा गएका छन्। 

एकीकरणको उदेश्यसहित अघि बढेका दुई दल नेतृत्वको बाम गठवन्धनले प्रदेश, प्रतिनिधिसभा र राष्ट्रियसभामा झन्डै दुई तिहाई बहुमत ल्याउन सफल भएका छन् । प्रदेश नम्बर २ वाहेक सवै प्रदेशमा वहुमत प्राप्त गरी बाम गठबन्धनले सरकार वनाउने कसरत सुरु गरिसकेको बाम गठबन्धनले प्रतिनिधि सभामा पनि सरकार वनाउँदै छन । त्यसमाथी, बुधवार सम्पन्न राष्ट्रिय सभामा पनि बाम गठबन्धनले बहुमत सिटमा विजयी हासिल गरेको अवस्था छ । उक्त विषयमा पनि दुई अध्यक्षको विषयमा छलफल भएको छ।

प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभामा उलेख्य मत हासिल गरिसकेको अवस्थामा पार्टी एकीकरणको प्रक्रियालाई अघि बढाउने वारेमा छलफल हुनेछ । त्यसका लागि शुक्रवारको बैठकले विभिन्न खाले कार्यदल वनाउने सम्भावना छ ।
‘सम्भवतः भोली एकीकरण प्रक्रियाका वारेमा बिभिन्न कार्यदल वनाइनेछ, त्यसका लागि संयोजन समितिको बैठकमा छलफल हुनेछ’ ओली निकट स्रोतले नागरिकसँग भन्यो । पार्टी एकताका वारेमा नेतृत्व, सैद्धान्तिक र सांगठानिक संरचना निमार्ण गर्नका लागि विभिन्न कार्यदल बन्नसक्ने सम्भावना रहेको छ।

तर, पार्टी एकताबारेमा दुई अध्यक्षबाहेक अन्यलाई ‘चुरो कुरा’ थाहा नभएको एमाले नेता सुवासचन्द्र नेम्बाङले बताए। ‘पार्टी एकीकरण हुन्छ, यसमा शंका गर्ने ठाउँ छैन तर पार्टी एकीकरण प्रक्रियाबारेमा अध्यक्षद्वयबाहेक अन्यलाई जानकारी छैन,’ नेम्बाङले सञ्चारकर्मीसँग भने, ‘अरुले अनुमानको भरमा अभिव्यक्ति दिने हुन किनभने एकताको सम्पूर्ण अधिकार अध्यक्षलाई दिइएको छ ।’ उनका अनुसार अध्यक्ष तहमा टुंगिएपछि मात्रै एकीकरणका वारेमा दोस्रो तहमा छलफल सुरु हुनेछ।

दुवै अध्यक्षबीच भएका छलफल शुक्रबार बस्ने एकता संयोजन समितिको बैठकमा राखिने भएको छ।

प्रकाशित: २६ माघ २०७४ ०२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App