७ वैशाख २०८१ शुक्रबार
खेल

एपिएफ र आयोजकको ‘निलो’ टोलीबीच प्रतिस्पर्धा हुदै

बारा – बाराको सिमरामा जारी नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगितामा शुक्रबार (आज) नेपाल एपिएफ क्लब र आयोजक नवजनजागृती युवा क्लबको एनजेजेवाईसि ‘निलो’ क्लबबीच प्रतिस्पर्धा हुदैछ । खेल सिमरा रंगशालामा दिउसो २ः४५ मा सुरु हुनेछ।

यसअघि हिजो भएको उद्घाटन खेलमा हेटौंडाको विजय युथ क्लबलाई ४–१ ले हराउँदै आयोजक नवजनजागृती युवा क्लब एनजेजेवाईसी ‘सेतो’ ले विजयी सुरुवात गरेको छ।

प्रतियोगितामा १० टिम आयोजकका दुई टोली एनजेजेवाईसी, सेतो र एनजेजेवाईसी निलो सहित रुस्लान थ्रिस्टार, त्रिभुवन आर्मी, एपिएफ, सिएमजी संकटा, सुदुरपश्चिम ११, मोरङ फुटबल क्लब, वीरगञ्ज युनाईटेड र  विजय युथ क्लको सहभागिता रहेको छ।
प्रतियोगितामा मनाङ मस्र्याङ्दीले भने अन्तिम समयमा सहभागि नहुने बताएपछि आयोजक क्लबका निलो र सेतो गरी २ टिम सहभागी भएका हुन।

फागुन ५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५ लाख ५१ हजार र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाईकल तथा विभिन्न विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही १५ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ।

 

प्रकाशित: २६ माघ २०७४ ०४:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App