पाटे बाघको वासस्थान बन्दै मध्यवर्ती क्षेत्र

शुक्रबार, २६ माघ २०७४, १२ : ०२ नागरिक


रत्ननगर -  चितवनका मध्यवर्ती क्षेत्र दुर्लभ वन्यजन्तु पाटे बाघको राम्रो वासस्थान बन्दै गएको  छ । चितवनको टिकौली जंगलमा गरिएको एक अध्ययनले यस्तो देखाएको हो ।भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको बीचमा पर्ने टिकौली जंगलस्थित जैविकमार्ग  क्षेत्रमा दुर्लभ पाटे बाघलगायत वन्यजन्तु र तिनिहरुको अवस्थाबारे अध्ययन भइरहेको छ ।

गएको छ महिनादेखि जारी अध्ययनका क्रममा चितवन निकुञ्जभित्र मात्रै नभई मध्यवर्ती क्षेत्रमा समेत पाटे बाघले वासस्थान बनाएर बसेको पाइएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका अनुसन्धान अधिकृत बाबुराम लामिछानेले जानकारी दिए । अझै थप छ महिना सो क्षेत्रमा अत्याधुनिक क्यामेरा राखेर क्यामेरा ट्र्यापिङ विधिबाट अध्ययन गरिने उनको भनाइ छ ।

जैविक मार्गमा पर्ने राजमार्गमा अन्य जनावरसँगै बाघसमेत ओहोरदोहोर गर्ने गरेको र बाघले बरण्डाभारमा वासस्थानसमेत बनाएको लामिछानेले जानकारी दिए।जैविकमार्गमा वन्यजन्तुमाथि भएको असरबारे अनुगमन गर्न यहाँ क्यामेरा ट्र्यापिङ विधिबाट अनुसन्धान भइरहेको छ ।राजमार्ग आसपास क्षेत्रमा अत्याधुनिक प्रविधिको स्वचालित क्यामेरा राखेर गरिएको अनुसन्धानमा राजमार्ग काटेर बाघले तल र माथि गर्ने गरेको समेत पाइएकाले सो क्षेत्र अति संवेदनशील रहेको अनुसन्धानकर्ताले बताएका छन् । सवारी चलाउँदा ध्यान दिन उनीहरुले आग्रह गरेका छन् ।

“दुई वटा भाले बाघले राजमार्ग कटेर तलमाथि गरेको पाइयो, एउटा लंगडो छ, दुई वटा पोथी बाघ राजमार्गसम्म पुगेको भेटियो”, छ महिनाको अनुसन्धानबारे अनुसन्धान अधिकृत लामिछानेले भने।

राजमार्गको कुन ठाउँ बाघले बढी प्रयोग गर्छन् भन्नेबारेमा तीन वटा क्यामरा थप राखेर अनुसन्धान जारी रहेको उनको भनाइ छ । बाघले वफर्जुनमा आफ्नो क्षेत्र  नै बनाएर बसेको समेत अनुसन्धानले देखाएको छ ।पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको सो क्षेत्रमा संरक्षित वन्यजन्तुको आवतजावतको अवस्था तथा मानवीय र सवारी चापका कारण तिनीहरुमा परेको प्रभावका बारेमा डा आशिष गुरुङको नेतृत्वमा यहाँ अध्ययन भइरहेको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहा, जिल्ला वन, राष्ट्रिय निकुञ्ज तथा स्थानीय सामुदायिक वन र बरण्डाभार उपभोक्ता समितिको सहकार्यमा यहाँ अध्ययन भइरहेको हो ।राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका कार्यालय प्रमुख रामकुमार अर्यालले सो क्षेत्रमा बाघ, गैँडा, चित्तललगायत वन्यजन्तुको अवस्था पत्ता लगाउन अनुसन्धान थालिएको बताए । यहाँ १९ स्थानमा ३४ वटा अत्याधुनिक क्यामरा राखिएको छ । रासस
 






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि भारत लगियो

राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि भारत लगियो

राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई आज थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको छ। ...

रणवीर र आलिया प्रेममा

रणवीर र आलिया प्रेममा

बलिउडमा पछिल्लो समय रणवीर कपुर र आलिया भट्टको डेटिङको चर्चा छ। दुबैका परिवारबीच भइरहेको सन्देश आदान प्रदानले आलिया कपुर खान्दानको...

राजेश हमालले भेटे राष्ट्रकवि

राजेश हमालले भेटे राष्ट्रकवि

महानायक राजेश हमालले राष्ट्रकवि माधव प्रसाद घिमिरेसँग भेट गरेका छन्। हमालले आन्तरिक रक्तश्राव भई ग्राण्डी अस्पतालमा उपचाररत राष्ट्रकवि घिमिरेलाई मंगलबार धापासीस्थित...

नायिका निता ढुंगानासहित ४ सम्मानित

नायिका निता ढुंगानासहित ४ सम्मानित

नेपाली फिल्मकी नायिका निता ढुंगाना चलचित्र पत्रकारिता दिवसको अवसरमा गृहनगर हेटौंडामा सम्मानित भएकी छिन्। चलचित्र पत्रकार संघ मकवानपुरले उनीसहित २...