१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चाेरीकाे तीन मोटरसाइकलसहित दुर्इ पक्राउ

विराटनगर – चोरीका तीन थान मोटरसाइकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर–२ का निशल भण्डारी र कटहरी गाउँपालिका– १ का वासु राजवंशी रहेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी उनीहरुलाई सार्वजनिक गरेकाे हाे। 

मोरङका प्रमुख उपरीक्षक अरुणकुमार विसीले गएको मंसिर २३ गते नेपाल टेलिकम कार्यालयको प्राङणबाट चोरी भएको को ५प ९६०५ नं को मोटरसाइकलमा को ५ प १२४२ नक्कली नम्बर राखि चलाउँदै आएको अवस्थामा र माघ १९ गते स्थानीय जैन भवन अगाडि पार्किङ गरिराखिएको अवस्थामा चोरी भएको को २३ प ८८५ नं को मोटरसाइकल लुकाइ राखेको अवस्थामा प्रहरीले फेला परेको बताए। 

पक्राउ गरिएका अभियुक्त विरुद्ध चोरीको मुद्दा दर्ता गराएर म्याद थप गरिएको प्रहरी उपरीक्षक विसीले जानकारी दिए । बरामद भएको दुई मोटरसाइकलका धनी सम्पर्कमा आए पनि अन्य एक मोटरसाइकलका धनी सम्पर्कमा नआएको उनले बताए। 

हालसम्म विभिन्न ठाउँबाट ५२ वटा मोटरसाइकल चोरी भएकोमा ६ वटा बरामद गरिएको र १२ जना अभियुक्तलाई पक्राउ गरी कारबाही चलाइएको पनि प्रहरीले जनाएको छ। 

प्रकाशित: २६ माघ २०७४ ०७:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App