७ वैशाख २०८१ शुक्रबार
समाज

१७ दिनदेखि अबरुद्ध अन्तर्राष्ट्रिय हुलाक सेवा सुचारु

काठमाडौं – थाई एयरलाइन्सलाई कार्गो वापतको बक्यौता नतिरेको भन्दै १७ दिनदेखि ठप्प भएको अन्तर्राष्ट्रिय हुलाक सेवा शुक्रबारदेखि सञ्चालनमा आएको छ । हुलाक सेवा विभागले एयरलाइन्स कम्पनीलाई १ करोड १६ लाख बक्यौंता बुझाएसँगै सञ्चालनमा आएको हो।

विभागले गत डिसेम्बरमा एयरलाईन्सलाई उक्त रकम बुझाउनुपर्ने थियो । तर, समयमै बक्यौंता नतिरेपछि एयरलाइन्सले हुलाक सेवामार्फत कुरियर गरेर पठाउने सामान बोक्न छाडेको थियो ।

विभागका सूचना अधिकारी राजन पौडेलका अनुसार विभागले चौमासिक रुपमा भुक्तानी गर्दै आएको भएपनि एयरलाइन्सले छिटो रकम माग गरेका कारण यस्तो समस्या आएको हो । थाई एयरलाइन्स धेरै मुलुकमा पुग्ने भएकाले यही एयरलाइन्समार्फत नेपालबाट बाहिर सामान पठाउने सम्झौता गरिएको हो । ‘हामीले पहिलेकै सम्झौता अनुसार नै बक्यौता तिर्छौं भनेका थियौं,’ उनले भने, ‘तर, एयरलाइन्स कम्पनीले छिटो माग ग¥यो।’

थाई एयरलाइन्सले अन्तर्राष्ट्रिय मुलुकमा दैनिक सयदेखि दुई सय केजी सामान कार्गोमार्फत पु¥याउँदै आएको छ । १७ दिनदेखि हुलाक सेवाअन्तर्गतको अन्तर्राष्ट्रिय कुरियर सेवा बन्द भएपछि विदेश पठाउन भनी दर्ता भएका व्यक्तिगत कागजात र मालबस्तु गौश्वारा हुलाक कार्यालयमा थन्किएका थिए । सुचारु भएसँगै यी सामानहरु यथास्थानमा पु¥याउने तयारी भएको गोश्वारा हुलाक सेवा कार्यालयकी सूचना अधिकारी निर्मला थापाले बताइन् । उनले एयरलाइन्सले सामान लैजान नमान्दा लामो समयदेखि दर्ता भएका डकुमेन्ट र अन्य सामान नेपालमै रोकिएको बताइन् उनले भनिन्, ‘विभागले रकम बुझाएपछि समस्या हल भएको छ, दिनमा दुई सय व्यक्तिले हुलाकमार्फत विदेशमा सामान पठाउँछन्।’

हुलाक कार्यालयमार्फत नेपालबाट अन्य देशमा कागजपत्र, भिसा कार्ड, मोबाइल, लुगा, हस्तकलाका सामान, खाद्यान्न सामग्री, मह, औषधि, फलफूल, दूध, अचारलगायत सामान पठाइन्छ । निजी कुरियर कम्पनीले भन्दा चारगुणा सस्तोमा हुलाकमार्फत सामान पठाउन सकिन्छ । अहिले अनलाइन सपिङ तथा आफूलाई चाहिने जुनसुकै मालसामान हुलाकका माध्यमबाट पठाउनेको संख्या बढ्दै गएको छ।
 

प्रकाशित: २६ माघ २०७४ ०७:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App