कुकुरले लखेट्दै गरेको रतुवा स्थानीयले बचाए

शुक्रबार, २६ माघ २०७४, १८ : ३० डिबी बुढा


जुम्ला – विहान ७ बजेतिर कुकुरले लखेट्दै गरेको जंगली रतुवा स्थानीयले बचाएका छन्। चन्दननाथ नगरपालिका २ भण्डारीवाडाका स्थानीयले रतुवाको उद्धार गरेर जिल्ला वन कार्यालय जुम्लामा बुझाएका हुन।

संरक्षणको अभावमा दुर्लभ मानिएको रतुवा पछिल्लो समयमा जंगल छाडेर गाउँतिर झर्न थालेका छन्। ‘विहान सात बजेतिर गाउँका कुकुरले रतुवालाई लखेट्दै थिए, स्थानीयले देखेपछि कुकुरलाई हटाएर रतुवाको उद्धार गर्यौ,’ स्थानीय महेन्द्र आचार्यले भने। कुकुरले लखेट्दा रतुवाको मुखबाट रगत बगेको र एउटा खुट्टा भाँचिएको छ। 

स्थानीयले जिल्ला प्रहरी कार्यालय र  जिल्ला वन कार्यालय जुम्लालाई जानकारी गराएपछि घाइते रतुवालाई वन कार्यालयमा ल्याएका थिए। रतुवा धेरै नै चोट लागेर घाइते भएकोले पूर्ण रुपमा उपचार गरेर रारा राष्ट्रिय निकुञ्जमा लगेर छाड्नको लागि स्थानीयले आग्रह गरेका छन्।   

हिउँदको समयमा खानाको अभाव र हिउँ पर्ने भएकोले बस्ने ठाँउ नहुने भएकोले जुम्लामा वर्षेनी रतुवा गाउँ पस्ने गरेको जिल्ला वन कार्यालयका वन रक्षक गगन बहादुर बुढथापाले बताए। उनका अनुसार रतुवालाई निरन्तर पशु चिकित्सकको निगरानी रहने छ। स्थानीय अगुवा, प्रहरी, वनका कर्मचारी र पशु प्राविधिकको रोहवरमा रतुवाको उपचार भईरहेको छ। 






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

जापानी फिल्म कान्समा उत्कृष्ट

जापानी फिल्म कान्समा उत्कृष्ट

गरिबीको चेपटामा जीवनयापन गर्दै आएको एक परिवारको कथा समेटिएको जापानी फिल्म ‘सपलिफ्टर्स’ले कान्सको ७१ औं संस्करणमा उत्कृष्ट फिल्मले पाउने ‘पाम...

लोक गायन प्रतियोगितामा पर्शुराम पहिलो

लोक गायन प्रतियोगितामा पर्शुराम पहिलो

खोटाङ सदरमुकाम दिक्तेलमा आयोजित खुला लोकगीत गायन प्रतियोगीतामा पर्शुराम गजमेर प्रथम भएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको...

ज्योतिमा कवितावाचन

ज्योति साहित्य प्रतिष्ठानको १ सय ४१ औं कविता वाचन श्रृंखला राजधानीमा सम्पन्न भएको छ । डा. रामदयाल राकेशको प्रमुख आतिथ्यतामा...

वैवाहिक समारोहमा किन रोए ह्यारी ?

वैवाहिक समारोहमा किन रोए ह्यारी ?

बेलायतका राजकुमार ह्यारीले शनिबार अमेरिकी पूर्वअभिनेत्री मेगन मार्कलसँग विहे गरे। विहे गर्दा उनी खुसी हुनुपर्ने हो, तर केही भावुक देखिए।