७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘ओलीले कालो धनलाई सेतो बनाउने प्रयास गरिरहेका छन्’

स्याङजा – नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले कालो धनलाई उन्मुक्ति दिने प्रयास भइरहेको बताएका छन्। ‘देश भ्रष्टचारको चंगुलमा फसेको छ’, उनले भने, ‘भ्रष्टचारीहरूको सञ्जाल माकुराको जालोजस्तै बनेको छ।’ 

शुक्रबार पाँचौं स्याङजा महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै नेता गुरुङले भावी प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले कालो धनलाई सेतो बनाउने प्रयास गरिरहेको आरोप लगाए। ‘अगामी सरकारको ऐन (दर्पण) हेरिसकेको छु’, गुरुङले भने, ‘लरक्कै लर्केको साडीमा लर्किदै छन्।’ 

भारतीय विदेश मन्त्री सुष्मा स्वराजसँग भेट पछि ओलीको दम्ब झनै बढेको गुरूङको तर्क थियो।

प्रकाशित: २६ माघ २०७४ १४:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App