दीपिकालाई धम्की, रणवीरले यसरी गरे सामना

शुक्रबार, २६ माघ २०७४, २० : ४८ नागरिक


मुम्बई – संजयलिला भन्सालीको फिल्म ‘पद्मावत’ तमाम विरोधका बाबजुद रिलिज भयो र सफल पनि रह्यो। 
रिलिज हुनुभन्दा अघि धेरै महिनासम्म फिल्मले करणी सेना र राजपूत समाजको तर्फबाट धम्की तथा विरोधको सामना ग-यो। तर समयसँगै करणी सेना तथा राजपूत समाजले फिल्मले आफ्नो समुदायको गौरव बढाउन सहयोग गरेको भन्दै फिल्ममा लगाएको प्रतिबन्ध फुकुवा ग-यो।

यद्यपी फिल्म रिलिजको समयमा दिपिकालाई ज्यान मार्ने भनेर आएको धम्कीको जवाफ अहिले रणवीर सिंहले दिएका छन्। ‘पद्मावत’मा महत्वपूर्ण भुमिका निर्वाह गरेका रणवीर दीपिकाका प्रेमी हुन।

आफ्नी प्रेमिका दीपिकालाई धम्की आएको सुन्दा आफूलाई साह्रै दुःख लागेको उनले बताएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार अनि धेरै रिस पनि उठेको रहेछ। उनले भनेका छन्, ‘बाहिर जे–जस्तो घटना भएपनि हामी दुईबीचको साथ सधै थियो। म त्यो धम्कीको त्यहि समयमा पनि जवाफ दिन चाहन्थे, तर मलाई आफूमा संयम राख्न भनिएको थियो। त्यसैले मैले त्यो धम्कीलाई आफ्नो फिल्ममा दिइएको दृश्यको माध्यमद्धारा देखाइदिए। फिल्ममा देखिएको मेरो रिस त्यहि धम्कीको नतिजा हो।’

रणवीर सिंह अहिले निर्देशक जोया अख्तरको फिल्म ‘गल्ली बोय’मा काम गरिरहेका छन्। यो फिल्ममा उनी आलिया भाटको साथमा देखिन लागेका हुन्। 






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

लघु चलचित्र ‘अटुट नाता’ उत्कृष्ट

नेपाली सेनाले आयोजना गरेको लघु चलचित्र प्रतियोगिता २०७४ मा लघु चलचित्र ‘अटुट नाता’ उत्कृष्ट भएको छ । दिप पौडेलले निर्माण...

सलमानपछि ऋतिकसँग दिशा

सलमानपछि ऋतिकसँग दिशा

क्रिकेटर महेन्द्रसिंह धोनीको गर्लफ्रेन्डको रुपमा दुई वर्षअघि दिशा पटानीले बलिउडमा अभिनय यात्रा सुरु गरेकी थिइन् । धोनीको जीवनीमा बनेको ‘एम.एस....

‘आतुङ’ लिएर आइन् अनिता

‘आतुङ’ लिएर आइन् अनिता

कवि अनिता लामा तेस्रो कविता संग्रह ‘आतुङ’ लिएर आएकी छन । काभ्रेको तेमाल मेच्छेमा जन्मेकी अनिताको यो तेस्रो कृति हो...

प्रधानमन्त्रीले भेटे राष्ट्रकवि घिमिरेलाई, उपचार खर्च सरकारले व्यहोर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताएका छन्। ...