७ वैशाख २०८१ शुक्रबार
अर्थ

सुरु भयो नेपाल बिल्डकन प्रदर्शनी (हेर्नुस् फोटो र भिडियो)

काठमाडौं- ‘चौथो नेपाल बिल्डकन तथा नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी’ भृकुटीमण्डपमा शुक्रबारबाट सुरू भएको छ। मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिद्वारा संयुक्त रूपमा आयोजित प्रदर्शनीमा निर्माण तथा काष्ठ क्षेत्रका नयाँ प्रविधिको बारेमा जानकारी दिइएको छ।

प्रदर्शनीमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, जर्मनी, इटाली लगायत देशका दुई सय २० भन्दा बढी निर्माण कम्पनी, थोक तथा खुद्रा बिक्रेताले निर्माण तथा काष्ठ व्यवसायसँग सम्वन्धित उत्पादनका बारेमा सहभागीहरूलाई जानकारी गराएका छन्। प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आमनागरिकबाहेक निर्माण तथा काष्ठ क्षेत्रमा काम गरिरहेका आर्किटेक्ट, इन्जिनियर, कन्ट्रयाक्ट, बिल्डर्स, इन्टेरियल डिजाइनरलगायतको सहभागिता रहेको आयोजकले जनाएको छ। 

निर्माण तथा काष्ठ क्षेत्रमा नयाँ प्रविधि भित्र्याउने तथा नेपालमा उपलब्ध सामग्री र प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको आयोजकले जनाएको छ। विगत तीन वर्षदेखि आयोजना हुँदै आएको प्रदर्शनी नयाँ प्रविधिको बारेमा जानकारी लिन चाहनेहरूका लागि कोसेढुंगा सावित भएको आयोजक मिडिया स्पेसका निर्देशक सृजल भट्टराईले बताए। 

महिन्द्रा तथा निप्पोन पेन्टस्लले प्रयोजन गरेको प्रदर्शनीमा नेपाल इन्जिनियरिङ एसोसियसनलगायत विभिन्न संघसंस्थाले सहयोग गरेका छन्। तीन दिनसम्म चल्ने प्रदर्शनीमा निःशुल्क सहभागिताको व्यवस्था रहेको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App