coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

पशुपतिका दुई कृति

काठमाडौं – साहित्यकार पशुपति कर्माचार्यका दुई कृति ‘रुखमा बुद्ध’ र ‘मुटुमा बुद्ध बोकेर’ सार्वजनिक भएको छ । ज्योति साहित्य प्रतिष्ठानले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा प्राध्यापक रामकुमार पाँडे, शैलेन्द्र साकार, कमला रिसाल ‘ज्योति’, पशुपति कर्माचार्य र मणिराज सिंहले कृति सार्वजनिक गरेका थिए ।

प्राध्यापक पाँडेले ‘रूखमा बुद्ध’ हाइकु संग्रह स्तरीय कृति भएको विचार जनाउँदै नेपालमा हाइकु लोकप्रिय बनेको बताए । कार्यक्रममा डा. बमबहादुर जिताली, प्राज्ञ धु्रव माधिकर्मी, आरडी प्रवास ‘चटौत’, महेन्द्र कर्माचार्य, डा. शान्ति शर्मा, डा. हेमन्त खतिवडा, डा. लक्ष्मण श्रेष्ठ, शैलेन्द्रकुमार शाह, गंगा आचार्य, मित्रबन्धु पौडेल, तारानाथ लम्साल, सविता श्रेष्ठ ‘बेहोसी’, राजबाबु श्रेष्ठ, उत्तम ‘विचार’, संगीता झा ठाकुर, लालबहादुर भुजेललगायतले कविता, गीत, गजल वाचन गरेका थिए । कार्यक्रम कवि कवि मणिराज सिंहको सभापतित्वमा भएको थियो ।
 

प्रकाशित: २९ माघ २०७४ ०३:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App