७ वैशाख २०८१ शुक्रबार
अन्य

नागार्जुनमा घरधुरी सर्वेक्षण सुरु

नागार्जुन नगरपालिकाले वडागत घरधुरी सर्वेक्षण सुरु गरेको छ ।नगरपालिकासँग आफ्नै क्षेत्रको यकिन तथ्यांक नभएकाले सर्वेक्षण सुरु गरिएको जनाएको छ । वडा नम्बर ८ बाट सर्वेक्षण सुरु गरिएको वडाध्यक्ष शुक्रबहादुर तामाङले बताए । प्रकृति रिसोर्सेस सेन्टरको प्राविधिक सहयोगमा सर्वेक्षण सुरु भएको हो ।

नगरपालिका क्षेत्रको यथार्थ र वस्तुपरक तथ्यांक नहुँदा विकास योजना प्रभावकारी नभएकाले यस्तो सर्वेक्षण आवश्यक परेको वडाध्यक्ष तामाङले बताए ।वडा सचिव प्रकृति खनालले ८ जना सर्वेक्षकले वडाका प्रत्येक घरमा गई फारम भर्ने बताइन् । सर्वेक्षण सुरु गर्न गत बुधबार वडामा अभिमुखीकरण कार्यक्रम समेत गरिएको थियो ।

प्रकाशित: २९ माघ २०७४ ०६:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App