कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले एक मन्त्री नियुक्त गरेका छन्। कँडेलले माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक रणसिंह परियार मन्त्री नियुक्त गरेका हुन।
खासमा यतिबेला पर्यटकीय सहर पोखरा धुम्म छ। पर्यटकीय सहर पोखरा नखुलेको लामो समय भयो। हिमाली श्रृंखला नदेखिएको झन्डै महिनादिन पुग्न थाल्यो। त्यत्तिमात्र नभई धुलो र धुवाँले बजार क्षेत्र धुम्मिएको छ। बजार आसपासका डाँडाकाँडा पनि देखिन छाडेका छन्। भिजिविलिटी घटाउँदा त्यसको असर सर्वत्र परेको छ। धुवाँधुलोका कारण मानवीय स्वास्थ्यमा समेत समस्या आउन थालेको सर्वसाधारणको गुनासो छ।
इलामको चुलाचुली गाउँपालिकामा आज (बुधबार) आयोजित चुनावी सभामा बोल्दै ओलीले जातका कुरा गर्दा कसैको पनि बहुमत नआउने बताए। ‘जातीय संकीर्णताका कुरा गरेर बहुमत आउने होइन,’ उनले भने, ‘यो देशमा कुनै जातिको बहुमत छैन, सबै मिलेमात्र बहुमत आउन सक्छ।’