मलेसियामा खुट्टा भाँचिदा पनि काम गर्न बाध्य

सोमबार, २९ माघ २०७४, १७ : ४५ नागरिक


खोटाङ – मलेसियामा भाँचिएको खुट्टा निको नहुँदै एक नेपालीले बाध्य भएर काम गर्नुपरेको छ। रोजगारीका सिलसिलामा मलेसिया पुगेका खोटाङको साकेला गाउँपालिका–२ रतन्छाका २७ वर्षीय रोशन बिश्वकर्मा भाँचिएको खुट्टा निको नहुँदै काम गर्नुपरेको हो।

कार्यरत मिनीउड कम्पनीले ‘पैसा चाहिए काम गर’ भन्दै आरामको सट्टा काममा लगाउने गरेको बिश्वकर्माको गुनासो छ। यसअघि साउदीअरब पुगेर फर्किएका बिश्वकर्मा पुनः रोजगारीका सिलसिलामा लिंकस्टार मेनपावरमार्फत ६ महिनाअघि मात्र मलेसिया पुगेका हुन्। 

पेन्टिङका काम गर्दै आएका बिश्वकर्माको कम्पनीकै काम गर्नेक्रममा लडेर देब्रे खुट्टा भाँचिएको छ। खुट्टा भाँचिएको सात दिनपछि मात्र बिश्वकर्मालाई अस्पताल पु-याएको मिनीउड कम्पनीले अस्पतालबाट फर्कने बित्तिकै आराम गराउनुको सट्टा काममा लगाएको बताइएको छ। काम नगरे भोकै बस्नुपर्ने अवस्था भएकाले भाँचिएको खुट्टा निको नभए पनि काम गर्नु परेको रोशनले बताए। घाइते भएपछि स्वदेश फर्कनका लागि लिंक स्टार मेनपावरलाई सम्पर्क गर्दा बेवास्ता गरेको उनको गुनासो छ। स्वदेश फर्कनका लागि आग्रह गर्दा कम्पनीले उल्टै लेबी, भिषा लगायतको पाँच सय रिङ्गेट माग्ने गरेको छ। घर फर्काउन आग्रह गर्दा कार्यरत कम्पनीले ‘तेरो एजेण्टलाई भन’ भन्ने जवाफ दिने गरेको बिश्वकर्माले बताए। 

मेनपावर कम्पनीबिरुद्ध मुद्धा 

मलेसियामा भाँचिएको खुट्टा निको नहुँदै काम गर्न बाध्य रोशनले ठगी गरेको भन्दै लिंक स्टार मेनपावर कम्पनीबिरुद्ध मुद्धा दर्ता गरेका छन्। सम्झौता अनुसारको काम र दाम नपाएको, घाइते हुँदा उपचार सेवा राम्रो नभएको भन्दै उनले आफन्तमार्फत वैदेशिक रोजगार बिभागमा उजुरी दिएका हुन्। कार्पेण्टरको काम भनेर मलेसिया पठाए पनि पेन्टिङको काममा लगाएको, सम्झौता अनुशारको तलव नपाएकाले बिश्वकर्माले मेनपावर बिरुद्ध मुद्धा दर्ता गरेका हुन्।

उनले चाँडो उद्धारका लागि दिक्तेलमा सञ्चालित सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र समक्ष समेत आग्रह गरेको सूचना केन्द्रका परामर्शकर्ता अम्बिका दाहालले बताईन्। मेनपावरले मासिक १ हजार रिङ्गेट बेसिक तलब पाउने भनेर पठाए पनि मलेसियाको कम्पनीले भने दैनिक ज्यालादारीमा काम लगाइरहेको जानकारी आएको सूचना केन्द्रले जनाएको छ।

दैनिक ज्यालादारी बापतको रकम पनि नियमित नदिने कम्पनीले खानाका लागि हप्तामा ६० रिङ्गेट दिने गरेको पीडितको भनाई छ। ६० रिंगेटले ४ दिन पनि खान नपुग्ने गरेकाले स्वदेश फर्कनका लागि हारगुहार गर्नुपरेको बिश्वकर्मा परिवारले बताएका छन्। 

तपाईको समाचार पठाउन यहाँ थिच्नुहोस् ।






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

‘मंगलम्’लाई पाँच अवार्ड

‘मंगलम्’लाई पाँच अवार्ड

डिजिटल मोडलमा बनेका फिल्मलाई प्रोत्साहित गर्न राजधानीमा बिहीबार आयोजना गरिएको १० औं संस्करणको ‘डि सिने अवार्ड २०७५’ फिल्म ‘मंगलम्’ले प्रतिस्पर्धामा...

प्रहरी र अपराधीबीचकोे ‘चक्कर’

प्रहरी र अपराधीबीचकोे ‘चक्कर’

अपराधको विषयबस्तु समेटेर तयार पारिएको फिल्म ‘चक्कर’को ट्रेलर र फस्टलुक सार्वजनिक भएको छ। राजधानीमा बिहीबार फिल्म युनिटले पत्रकारमाझ फस्टलुक र...

एकै स्टेजमा तीन विजेता

एकै स्टेजमा तीन विजेता

एउटै स्टेजमा एकसाथ तीन विजेता छानिने भएका छन्। ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले आगामी असार १ गते राजधानीमा आयोजना गर्न लागेको ‘मिस...

भ्यान गगलाई सृष्टिको सम्मान

भ्यान गगलाई सृष्टिको सम्मान

नेदरल्यान्डमा जन्मिएका महान् चित्रकार भिन्सेन्ट भ्यान गगलाई समर्पण गर्दै फिल्म ‘रोमियो एन्ड मुना’ले गीत सार्वजनिक गरेको छ। फिल्मले भ्यान गगका...