मुम्बई – टेलिभिजनमा हास्य कार्यक्रम गरेर सेलीब्रेटी बनेका कपिल शर्माले फेरि टेलिभिजन कार्यक्रमलाई निरन्तरता दिने भएका छन्।
सन् २०१७ मा विशेष कारणले आफ्नो लोकप्रिय कार्यक्रम छाडेका कपिलले सोही कार्यक्रम मार्फत् आफू सोनी च्यानलमा कमब्याक गर्न लागेको जानकारी दिएका छन्। सोनी इन्टरटेनमेन्ट टेलिभिजनले आफ्नो ट्वीटर अकाउन्टमा छोटो टिजर सार्वजनिक गर्दै उनले कमब्याक गर्न लागेको प्रष्ट्याएको हो।
उनको कार्यक्रम आगामी मार्चबाट पुनः प्रशारण आउने बताइएको छ।
एक कार्यक्रमको दौरान सो मेम्बरलाई हातपात गरेको आरोपमा उनका सहकर्मीहरुले काम नगर्ने भनेर शो छाडेका थिए। कार्यक्रमका अत्यन्तै रुचाइएका पात्र सुनिल ग्रोबरले शो छाडेपछि उनको कार्यक्रमको टिआरपी ह्वात्तै घटेको थियो। कालान्तरमा कपिल शर्मा आफैपनि डिप्रेसनमा रहेको खबरहरु आएका थिए।
प्रकाशित: २९ माघ २०७४ १३:४३ सोमबार