coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

इन्टर–डिस्ट्रिक्ट र मकवानपुर क्वार्टरफाइनलमा

काठमाडौं – इन्टर–डिस्ट्रिक्ट स्पोर्ट्स क्लब र मकवानपुर क्रिकेट क्लब दोस्रो खुकुरी च्यालेन्ज कप ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा सोमबार क्वार्टरफाइनल प्रवेश गरेका छन्।

मूलपानी क्रिकेट मैदानमा सम्पन्न समूह ‘डी’ को खेलमा इन्टर–डिस्ट्रिक्ट स्पोर्ट्स क्लबले टीकापुर क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै समूहविजेताका रूपमा अन्तिम ८ मा प्रवेश गरेको हो।

टीकापुरले दिएको १ सय २० रनको लक्ष्य इन्टर–डिस्ट्रिक्टले  १८.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो।
इन्टर–डिस्ट्रिक्टका  लागि मन्जिल गुरुङले अविजित ३२ र शेर मल्लले अविजित २८ रन जोडे । त्यस्तै आरिफ अहमद र प्रकाश जैसीले समान २०÷२० रन जोडे।

यसअघि टस हारेर ब्याटिङका लागि निम्त्याइएको टीकापुर १६.१ ओभरमा १ सय १९ रनमा समेटिएको थियो।
ओपनर रवीन्द्रजंग शाहीले ६६ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । ४७ बल खेलेका रवीन्द्रजंगले ९ चौका र १ छक्का प्रहार गरे।

यस जितपछि ४ खेलमा ३ जित र १ हार व्यहोरेको इन्टर–डिस्ट्रिक्ट ९ अंकका साथ समूहविजेता बन्दै अघिल्लो चरण प्रवेश गरेको हो।

समान खेलमा समान ९ अंक जोडेको मकवानपुरले  समूह उपविजेताको रूपमा क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो । मकवानपुरले अन्तिम खेलमा रौतहट राइजिङ–११ लाई ५ रनको नतिजा सुम्पिए पनि राम्रो रनरेटमा भाग्यमानी साबित हुँदै क्वार्टरफाइनल प्रवेश गरेको हो।

रौतहटले दिएको १ सय १ रनको लक्ष्य पछ्याएको मकवानपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र ९५ रन जोड्न सक्यो।

 

 

 

 

प्रकाशित: १ फाल्गुन २०७४ ०१:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App