८ वैशाख २०८१ शनिबार
खेल

राजन मेमोरियलको रबाफिलो जित

काठमाडौं – राजन मेमोरियल स्कुलले सोमबार ११औं प्रधानसेनापति अन्तरविद्यालय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा नेक्सस स्कुलमाथि १ सय ४५ रनको रबाफिलो जित हात पारेको छ।

भक्तपुरस्थित सैनिक आवासीय महाविद्यायलको क्रिकेट मैदानमा भएको  खेलमा राजन मेमोरियलले प्रस्तुत गरेको २ सय १२ रनको लक्ष्य पछ्याएको नेक्सस ६६ रनमा समेटिएको थियो।

विपिन शाहीले रोजेको १३ रन नेक्ससका ब्याट्सम्यानले जोडेको सर्वाधिक रन रह्यो । अन्य कुनै पनि ब्याट्सम्यानले सम्हालिएको प्रदर्शन गर्न सकेनन्।

नेक्ससलाई सस्तोमा समेट्ने क्रममा राजन मेमोरियलका अनमोल बस्नेत र सुदेश यादवले समान ४÷४ तथा शुभम् शाहले ३ विकेट लिए।

यसअघि ओपनर अनुप नेपालको ६० र अमितकुमार महतोको अविजित ४१ रन मद्दतमा राजन मेमोरियलले २ सय ११ रनको विशाल योगफल खडा गरेको थियो । त्यस्तै अर्को ओपनर  सुशान कार्कीले ३८ रन जोडे।
त्यस्तै सोमबार सम्पन्न अर्कोे खेलमा डिएभीले भानुभक्त स्कुललाई ३० रनले हरायो।

डिएभीले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको भानुभक्तले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३० रन मात्र जोड्न सक्यो।

आलोककुमार पालले ६० र सम्पूर्ण थपलियाले ३५ रन जोडे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
यसअघि आदित्य अग्रवालको ५२ र चिराग अग्रवालको ४९ रनको मद्दतमा डिएभीले १ सय ६० रनको योगफल खडा गरेको थियो ।

 

प्रकाशित: १ फाल्गुन २०७४ ०१:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App