coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

सुनकोशी कला–साहित्य यात्रा सम्पन्न

काठमाडौं– कवि धरणीधर कोइरालाको १ सय २६ औं जन्मजयन्तीमा आयोजना गरिएको ‘सुनकोशी सम्पदा कला साहित्य यात्रा २०७४’को समापन भएको छ । धरणीधर स्मृति पुस्तकालयले आयोजना गरेको पाँच दिने सम्पदा कला यात्राका क्रममा तयार पारिएका २४ कलाकृति सित्तलपाटी खाल्टेस्थित दीर्घ प्रदीप माध्यमिक विद्यालयमा प्रदर्शन गरिएसँगै कलायात्रा समापन भएको हो ।

दुम्जाको कुशेश्वरबाट माघ २४ गतेदेखि सुरु भएको कलायात्राका क्रममा पाँच कलाकारले सिन्धुलीको सुनकोशी गाउँपालिकाका धार्मिक, साँस्कृतिक, पुरातात्विक महत्वका पाटी, पौवा, मठ, मन्दिर, माने, पुराना बजार, वस्ती र प्राकृतिक सम्पदालाई क्यानभासमा उतारेका थिए ।

प्रदर्शनी समापनमा सुनकोशी गाउँपालिका–६ का वडा अध्यक्ष लक्ष्मीप्रसाद तिमल्सिना, विद्यालयका प्रधानाध्यापक शंकर उप्रेती र समृद्ध सिन्धुली अभियानका संयोजक लीलानाथ घिमिरेले सम्पदा कला यात्राले सम्पदा संरक्षणमा जागरण ल्याउने विश्वास व्यक्त गरेका थिए ।

कलाकार सुरेम देशार र यात्रा संयोजक दीपक श्रेष्ठ ‘विहीन’ ले सुनकोशी क्षेत्रमा रहेका सम्पदाको अवस्था नाजुक हुँदा त्यसको संरक्षणमा स्थानीय जनता र जनप्रतिनिधि जुट्नुपर्ने बताए । कलायात्रामा कलाकार सुरेम देशार, अनिल महर्जन, जयराम महर्जन, अनिल खड्का तथा मूर्तिकार राजेन्द्र देशार सहभागी थिए ।
 

प्रकाशित: १ फाल्गुन २०७४ ०२:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App